Posts

त्यो एक खिल्ली चुरोट किनेको दिन ।

Image
त्यो एक खिल्ली चुरोट किनेको दिन ।   सल्लाको माथिल्लो जङलबाट सल्लिपिर पन्छाउँदै कम्मरमा आधा पेट ढाक्ने पटुका बाँधेकी एउटी आमा झर्दै छिन् ।  हातमा लौरो छ ।  बाटो पहिल्याउने र टेक्ने लौरो । बुढेस्कालको एउटै साहारा भनम् ।  थाप्लोमा नाम्लोले थिचेको छ ।  र पिठ्युमा डोकोभरी दाउरा बोकेकी छन्  । सुस्त सुस्त हिँड्दै  अस्पताल प्राङण हुँदै आउँछिन् ।  उनी  हल्का स्याँ स्याँ   गर्दै छिन्  । अरुका निम्ती त अझै तगडा नै देखिन्छिन्  । उनको उमेर ढल्किँदै गयो ।  अनुहार चाउरिँदै  गयो  ।  उमेर गन्तिले कति पुग्यो, पत्तो छैन।  कति माघका चिसा सिरेटाले हाने होलान्  उनलाई ।  हरेक चुनावमा भोट पनि खस्यो उनको कतिपटक ।  नातीहरु अमेरिका पुगे ।  छोराहरु  राजधानी पुगे ।  तर उनको भारी कत्ति कम भएन ।  छुटेन त्यो दाउराको भारी कहिल्यै ।   सल्लिपिरले उनको बाटो सधैं ढाकिदिन्छ ।  उनी सधैंजस्तो सल्लिपिर हटाउँदै बाटो आँफै बनाउँदै जङलबाट निस्किन्छिन् अस्पताल नजिकै ।  उनको घर पुग...

डाक्साप, अब हमार शरीर ब्याट्रीके भर चली ?

डाक्साप, अब हमार शरीर ब्याट्रीके भर चली ? भनिन्छ , मनुष्यले आफ्नो जीवनको  आयु लिएर आएको हुन्छ । यो भाग्यवादी चिन्तनको उपज हो भनेर भन्न मिल्ने दृश्य धेरै देखिन्छ । जीवनलाई चलचित्रको पर्दामा जस्तै दृश्य अवलोकन गर्यो भने ईश्वरको अस्तित्वमा प्रश्न गर्न मिल्ने ठाउँ धेरै हुन्छन् । एउटा चिन्तनशील प्राणी भएको नाताले मनुष्यको दिमागमा एउटा प्रश्न पक्कै जन्मिन्छ " के व्यक्तिको भाग्य पूर्व निर्धारित हुन्छ ? के यो पृथ्वीमा  हामी फगत एक पात्र मात्रै हौं ?  " दुर्गम पूर्वी तराईको कुनै जिल्लाबाट एक ५० वर्षीय महिला र उनका श्रीमान उपचार गर्न वीर अस्पताल आइपुग्छन् । एक दिन दिउँसो १ बजेतिर वीर अस्पतालको भिडभाडमा एको रुमको( Echocardiography)  बाहिर ती महिला एक्कासी ढल्छिन् । श्वास बन्द हुन्छ । नाडी पनि चल्दैन । मुटु नि एकाएक बन्द हुन्छ । ती महिलालाई भुइँमा मुडोजस्तै ढलेको  देख्ने व्यक्तिले तुरुन्तै "एको" कक्षमा अत्तालिँदै नर्स र डाक्टरलाई डाक्छन्। मेरा सहकर्मी साथी डाक्टरले नाडी जाँच्ने बित्तिकै Cardiac arrest हो भनेर निर्क्यौल गरेर छाती थिच्ने कार्य( CPR)  सुरु गरिहाल्छन्। म...

के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो ?

के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो ? १. मेडिकल रेजिडेन्सीको बीउ । सायद बीउ अनुसारकै फल पाइन्छ भन्ने कथन मेडिकल शिक्षामा पनि लागू हुन्छ । आधुनिक चिकित्साका पिता मानिने विलियम ओस्लरले भनेका थिए " पुस्तकरहित चिकित्साको अध्ययन गर्ने व्यक्तिले विना नक्साको समुद्रमा यात्रा गर्दछ, तर बिरामी विना चिकित्साको अध्ययन गर्ने व्यक्ति त समुद्रमा नै जाँदैन । " यो कथनलाई अति रन्जित गरेर खरो ड्युटी गरेर मात्रै चिकित्सा अध्ययनले सार्थकता पाउँछ भन्ने सोचबाट निर्देशित हालको रेजिडेन्सी प्रोग्रामका कटु सत्यहरु मेडिकल विधाका साक्षीहरुले मात्रै बुझ्न सक्दछन् । त्यो स्वयं स्वास्थ्य मन्त्रालयले पनि बुझ्ने क्षमता र दृष्टि राख्दैन । सन् १८८९ मा डा विलियम  हाल्स्टेडले सर्जरीमा रेजिडेन्सीको रुपरेखा तयार गरेका थिए । ओस्लरले मेडिसिन विधाको रुपरेखा तयार गरेका थिए । हाल्स्टेडले निकै सख्त प्रोग्रामको संरचना गरेका थिए । जसमा ३६५ दिन नै हस्पिटलभित्र बस्नुपर्ने , लगातार दुई दिन ड्युटी गर्नुपर्ने , बिहे आदि गर्न नपाइने जस्ता कडा नियम थिए । ती सबै कुराले विद्यार्थिको स्टामिना परिक्षण गर्छ ...

रोबोट जस्तो सुशासन , हामी मानव कहाँ ?

रोबोट जस्तो सुशासन , हामी मानव कहाँ ?  अहिले नेपालमा एउटा परिदृश्य चलिरहेको छ । थिलथिलो भएको लोकतन्त्र अब छद्म लोकतन्त्रको बाटोमा हिँडेको हो कि भन्ने झल्को पाउन सकिन्छ । समकक्षी कति साथीहरुलाई त म बुझाउन नि सक्दिन । बेलाबेला म आफै गलत विचार वकालत गरेको हो कि भनेर रोकिएर मन्थन गर्छु । तर मेरो खुट्टा ठिक ठाउँमा नै छ भन्ने महसुस हुन्छ। यो समयलाई बुझ्न मलाई एउटा चलचित्रको याद आयो । साउथ कोरियन चलचित्र "प्यारासाइट" । त्यो चलचित्र यहाँ बखान गरेर भन्दा हेरेर नै बुझ्ने प्रयास गर्नु भनेर निवेदन गर्न चाहन्छु ।  म त बिरामीका कथा भन्ने साधारण मान्छे हुँ । मसँग धेरै ज्ञान र अनुभव छैन । म कानून , सिद्धान्त , राजनीतिका भाषा पनि जान्दिन होला ।  पश्चिम नेपालगन्ज, आछामबाट धकेलिँदै उपचार गर्न आएका केही बिरामीहरुको कथा नलेखी मेरो मनले शान्ति पाउने देखिन । यो लेख्दा मलाई धेरैले गाली पनि गर्नेछन् , सरकार सुशासन र विधिको बाटोमा छ । आलोचना मात्रै गर्छ। "  वीर अस्पतालको एमर्जेन्सीमा एक जना बिरामीको उपचारको लागि कार्डिओलोजिस्टको राय चाहिएकोले म एमर्जेन्सीमा  पुग्छु । नेपालगन्जको किनाराकृ...

१२७ वर्षदेखिको वीर शम्शेरको खोकी ।

१२७ वर्षदेखिको वीर शम्शेरको खोकी । वि स. १९५७ सालको एक विहान निकै बिरामी भएँ म बेस्मरी खोकी लाग्यो ज्वरो आयो खोक्दाखोक्दै टप्प टिपे यमराजले मलाई मेरो रोग  पत्ता लागेन नि  " प्रभु "? यमराजले पत्ता लागाउनै सकेनन् खोकीको कर्कश आवाज , बोलीको कचकच सुनेर वाक्क भएका यमराजले १२७ वर्षको खोकी सन्चो गर्न पठाएका छन् मलाई २०८४ सालमा वीर अस्पतालको प्राङ्गणमा नियाल्दै छु मेरो नाम चाहिँ रहेछ , मधुरो खुसी लाग्यो मान्छेले  इतिहास बिर्सेका रहेनछन् साल १९४७ सम्झिँदा त्यो जङ्गलका बिचमा ढुङ्गा र माटोले खडा गरेको अस्पताल छिट्पुट बिरामी हुन्थे एकाध "वैद्य" एकाध "नर्स!" आज त निकै फरक छ कति विघ्न बिरामीको भीड , कति धेरै सवारीहरु कोलाहल सहरको बिचमा वीर अस्पताल ओहो ! कति धेरै डाक्टर, कति धेरै नर्स । औधी ठूलो पो भएछ त वीर अस्पताल !! जम्मा १३७ वर्षमा प्रगती कति धेरै भएछ । धेरै उन्नति  भएछ ,  हर्क भयो मलाई । यमराजले मलाई "गुगल" सिकाएर पठाएका छन् । अस्पतालको "गुगल" गर्न मन लाग्यो मलाई विश्वको आधुनिक नजरमा कहाँनेर छ त  वीर अस्पतालको शान ...

अस्पतालको ध्वनिशास्त्रमा पि एच् डि ।

अस्पतालको ध्वनिशास्त्रमा पि एच् डि ।  कडा ओछ्यान अर्ध कडा सिरानी कुर्दै छु म निद्राको सवारी पल्टिँदै गर्दा आफ्नो मन भित्र जीवनको खाली गाग्री बज्छ बाहिर कता हो सिलिन्डर ट्याङ ट्याङ बज्छ मान्छेको कर्कश स्वर सुनिन्छ बेड सार्छन्  घर्याक्क घर्याक्क ढोका छोड्छन्  ड्ड्याम्म डड्याम्म कता सुदुरमा मोटरको घररर एकाएक मनिटरको टुँ टुँ टुँ खोक्दै गरेको ख्याक्क ख्यक्क आवाज । बाल्टीन सार्दा प्लास्टिकको चरचर व्हिल चेयर( wheel chair) धकेल्दा पाङ्राको च्वाइँच्वाइँ बेला बेला मान्छेको झ्याइँ झ्याइँ ट्रली गुडाउँदा खट्याङ खट्याङ एकाएक फोनको घन्टि टिरिङ  टिरिङ । यस्सो सुस्ताउनै लाग्दा माइकिङमा आकाशवाणी हुन्छ, अन ड्युटी डाक्टर वार्डमा सम्पर्क गर्नुहोला । यस्ता मीठा प्रकृतिका आवाजमा के पाउलान् त मेरा नयनले एक क्षण विश्राम ? ध्वनि र आवाजको खानी मेरो अस्पताल यो जुनीमा केही क्षण शान्त होला र ? थाह भएन हातमा के पर्छ डिग्रीको कागज ध्वनिशास्त्रमा  पि एच् डि त अवश्य होइन्छ । विश्राम मेरो प्रभु !  विश्राम ! खै किन हो अस्पताल प्रभुले प्रार्थना  सुन्नुहुन्छ ए...

के नेपालमा फिजिसियन छैनन् ?

के नेपालमा फिजिसियन छैनन् ? ओपिडीको व्यस्त समयमा मुगुबाट एक अधबैँसे महिलाको प्रवेश हुन्छ साथमा छन् उमेर छिप्पिएका बूढा २७ हजार खर्चिकन आएकी उनीसँग  दुई बात मार्ने प्रयास गर्छु , सुदूरका समस्या खोतल्ने प्रयास गर्छु । आज उनको हातमा बिमाको रेफेरल छ टिकेट छन् ५-६ वटा विभागका समस्या ५ ओटा हुन्  कि टिकेट मात्रै ५ गोटा !! काउन्टरले टिकेट काटिदिएछ मुटुको , फोक्सोको , नशाको , सुगर तथा हर्मोनको बाथको, रगतको , स्नायुको । पूरै ७ ओटा विभाग चाहर्छन् उनीहरु तर कतै देखिन फिजिसियनको टिकेट । कहिले पहिलो तल्ला कहिले दोश्रो तल्ला आज पुरानो भवनमा , भोलि नयाँ भवनमा । सेतो कोट लगाउने, टाइसुट लगाउने घाँटीमा परिचयपत्रको माला भिर्ने हेर्दा कर्मचारी देखिने , सुकिलामुकिला देखिने सबैसँग सोधेर सात ओटै विभाग दर्शन गरेछन् । रोग त कतै पत्ता लागेनछ क्यार! सोधे " मलाई के भाको, डाक्टरसाप ?" इतिहास पुनः  छाम्ने प्रयास गर्छु म मनको समस्या गहिरो रहेछ उनको कहाँबाट रिपोर्टहरुको भिडमा भेटियोस् ! मैले पनि रेफरल लेख्छु, Referred to Psychiatry OPD !! केही  प्रश्न भने उठ्छन् ,...

कपासको तार, मेरो तार ।

 कपासको तार, मेरो तार ।  संगीतप्रेमीलाई गितारको तार टेलिकमलाई  टेलिफोनमा तार बिजुलीलाई घरपिच्छे तार मोबाइललाई चार्ज गर्ने तार जहाँसुकै त छ तारैतार । मुटु चलाउन पेसमेकरको तार मुटुका बन्द नशा खोल्न धातुको तार मुटु चिकित्सकलाई  वरदान हो तार अद्भुत छ यो तार भन्ने जिनिस । धन्यवाद छ तार आविस्कार गर्नेलाई करोडौंका मुटु जोगाएको छ यसले ।  म पनि तार खेलाउने प्रयासमा छु  कपासबाट बत्ती कात्दै आफ्नै तारको जोहो गर्दै छु मुटुका नशा खोल्ने सिको गर्दै छु । असली तार छुन त त्याग चाहिन्छ । भाग्य चाहिन्छ, हिम्मत चाहिन्छ । तार मिले सबै सुमधुर छ जीवन साथीसँगको तार, इष्टमित्रसँगको तार जागिरमा सरकारसँग तार , जीवनमा परमात्मासँगको तार तार सबैको दिमागमा पनि हुन्छ रे धन्न दिमागको तार भने सग्लै छ । मजबुत छ बलियो छ । उहि तार माहिमागान ।