Posts

त्यो एक खिल्ली चुरोट किनेको दिन ।

Image
त्यो एक खिल्ली चुरोट किनेको दिन ।   सल्लाको माथिल्लो जङलबाट सल्लिपिर पन्छाउँदै कम्मरमा आधा पेट ढाक्ने पटुका बाँधेकी एउटी आमा झर्दै छिन् ।  हातमा लौरो छ ।  बाटो पहिल्याउने र टेक्ने लौरो । बुढेस्कालको एउटै साहारा भनम् ।  थाप्लोमा नाम्लोले थिचेको छ ।  र पिठ्युमा डोकोभरी दाउरा बोकेकी छन्  । सुस्त सुस्त हिँड्दै  अस्पताल प्राङण हुँदै आउँछिन् ।  उनी  हल्का स्याँ स्याँ   गर्दै छिन्  । अरुका निम्ती त अझै तगडा नै देखिन्छिन्  । उनको उमेर ढल्किँदै गयो ।  अनुहार चाउरिँदै  गयो  ।  उमेर गन्तिले कति पुग्यो, पत्तो छैन।  कति माघका चिसा सिरेटाले हाने होलान्  उनलाई ।  हरेक चुनावमा भोट पनि खस्यो उनको कतिपटक ।  नातीहरु अमेरिका पुगे ।  छोराहरु  राजधानी पुगे ।  तर उनको भारी कत्ति कम भएन ।  छुटेन त्यो दाउराको भारी कहिल्यै ।   सल्लिपिरले उनको बाटो सधैं ढाकिदिन्छ ।  उनी सधैंजस्तो सल्लिपिर हटाउँदै बाटो आँफै बनाउँदै जङलबाट निस्किन्छिन् अस्पताल नजिकै ।  उनको घर पुग...

१२७ वर्षदेखिको वीर शम्शेरको खोकी ।

१२७ वर्षदेखिको वीर शम्शेरको खोकी । वि स. १९५७ सालको एक विहान निकै बिरामी भएँ म बेस्मरी खोकी लाग्यो ज्वरो आयो खोक्दाखोक्दै टप्प टिपे यमराजले मलाई मेरो रोग  पत्ता लागेन नि  " प्रभु "? यमराजले पत्ता लागाउनै सकेनन् खोकीको कर्कश आवाज , बोलीको कचकच सुनेर वाक्क भएका यमराजले १२७ वर्षको खोकी सन्चो गर्न पठाएका छन् मलाई २०८४ सालमा वीर अस्पतालको प्राङ्गणमा नियाल्दै छु मेरो नाम चाहिँ रहेछ , मधुरो खुसी लाग्यो मान्छेले  इतिहास बिर्सेका रहेनछन् साल १९४७ सम्झिँदा त्यो जङ्गलका बिचमा ढुङ्गा र माटोले खडा गरेको अस्पताल छिट्पुट बिरामी हुन्थे एकाध "वैद्य" एकाध "नर्स!" आज त निकै फरक छ कति विघ्न बिरामीको भीड , कति धेरै सवारीहरु कोलाहल सहरको बिचमा वीर अस्पताल ओहो ! कति धेरै डाक्टर, कति धेरै नर्स । औधी ठूलो पो भएछ त वीर अस्पताल !! जम्मा १३७ वर्षमा प्रगती कति धेरै भएछ । धेरै उन्नति  भएछ ,  हर्क भयो मलाई । यमराजले मलाई "गुगल" सिकाएर पठाएका छन् । अस्पतालको "गुगल" गर्न मन लाग्यो मलाई विश्वको आधुनिक नजरमा कहाँनेर छ त  वीर अस्पतालको शान ...

अस्पतालको ध्वनिशास्त्रमा पि एच् डि ।

अस्पतालको ध्वनिशास्त्रमा पि एच् डि ।  कडा ओछ्यान अर्ध कडा सिरानी कुर्दै छु म निद्राको सवारी पल्टिँदै गर्दा आफ्नो मन भित्र जीवनको खाली गाग्री बज्छ बाहिर कता हो सिलिन्डर ट्याङ ट्याङ बज्छ मान्छेको कर्कश स्वर सुनिन्छ बेड सार्छन्  घर्याक्क घर्याक्क ढोका छोड्छन्  ड्ड्याम्म डड्याम्म कता सुदुरमा मोटरको घररर एकाएक मनिटरको टुँ टुँ टुँ खोक्दै गरेको ख्याक्क ख्यक्क आवाज । बाल्टीन सार्दा प्लास्टिकको चरचर व्हिल चेयर( wheel chair) धकेल्दा पाङ्राको च्वाइँच्वाइँ बेला बेला मान्छेको झ्याइँ झ्याइँ ट्रली गुडाउँदा खट्याङ खट्याङ एकाएक फोनको घन्टि टिरिङ  टिरिङ । यस्सो सुस्ताउनै लाग्दा माइकिङमा आकाशवाणी हुन्छ, अन ड्युटी डाक्टर वार्डमा सम्पर्क गर्नुहोला । यस्ता मीठा प्रकृतिका आवाजमा के पाउलान् त मेरा नयनले एक क्षण विश्राम ? ध्वनि र आवाजको खानी मेरो अस्पताल यो जुनीमा केही क्षण शान्त होला र ? थाह भएन हातमा के पर्छ डिग्रीको कागज ध्वनिशास्त्रमा  पि एच् डि त अवश्य होइन्छ । विश्राम मेरो प्रभु !  विश्राम ! खै किन हो अस्पताल प्रभुले प्रार्थना  सुन्नुहुन्छ ए...

के नेपालमा फिजिसियन छैनन् ?

के नेपालमा फिजिसियन छैनन् ? ओपिडीको व्यस्त समयमा मुगुबाट एक अधबैँसे महिलाको प्रवेश हुन्छ साथमा छन् उमेर छिप्पिएका बूढा २७ हजार खर्चिकन आएकी उनीसँग  दुई बात मार्ने प्रयास गर्छु , सुदूरका समस्या खोतल्ने प्रयास गर्छु । आज उनको हातमा बिमाको रेफेरल छ टिकेट छन् ५-६ वटा विभागका समस्या ५ ओटा हुन्  कि टिकेट मात्रै ५ गोटा !! काउन्टरले टिकेट काटिदिएछ मुटुको , फोक्सोको , नशाको , सुगर तथा हर्मोनको बाथको, रगतको , स्नायुको । पूरै ७ ओटा विभाग चाहर्छन् उनीहरु तर कतै देखिन फिजिसियनको टिकेट । कहिले पहिलो तल्ला कहिले दोश्रो तल्ला आज पुरानो भवनमा , भोलि नयाँ भवनमा । सेतो कोट लगाउने, टाइसुट लगाउने घाँटीमा परिचयपत्रको माला भिर्ने हेर्दा कर्मचारी देखिने , सुकिलामुकिला देखिने सबैसँग सोधेर सात ओटै विभाग दर्शन गरेछन् । रोग त कतै पत्ता लागेनछ क्यार! सोधे " मलाई के भाको, डाक्टरसाप ?" इतिहास पुनः  छाम्ने प्रयास गर्छु म मनको समस्या गहिरो रहेछ उनको कहाँबाट रिपोर्टहरुको भिडमा भेटियोस् ! मैले पनि रेफरल लेख्छु, Referred to Psychiatry OPD !! केही  प्रश्न भने उठ्छन् ,...

कपासको तार, मेरो तार ।

 कपासको तार, मेरो तार ।  संगीतप्रेमीलाई गितारको तार टेलिकमलाई  टेलिफोनमा तार बिजुलीलाई घरपिच्छे तार मोबाइललाई चार्ज गर्ने तार जहाँसुकै त छ तारैतार । मुटु चलाउन पेसमेकरको तार मुटुका बन्द नशा खोल्न धातुको तार मुटु चिकित्सकलाई  वरदान हो तार अद्भुत छ यो तार भन्ने जिनिस । धन्यवाद छ तार आविस्कार गर्नेलाई करोडौंका मुटु जोगाएको छ यसले ।  म पनि तार खेलाउने प्रयासमा छु  कपासबाट बत्ती कात्दै आफ्नै तारको जोहो गर्दै छु मुटुका नशा खोल्ने सिको गर्दै छु । असली तार छुन त त्याग चाहिन्छ । भाग्य चाहिन्छ, हिम्मत चाहिन्छ । तार मिले सबै सुमधुर छ जीवन साथीसँगको तार, इष्टमित्रसँगको तार जागिरमा सरकारसँग तार , जीवनमा परमात्मासँगको तार तार सबैको दिमागमा पनि हुन्छ रे धन्न दिमागको तार भने सग्लै छ । मजबुत छ बलियो छ । उहि तार माहिमागान ।

समाजका भलादमीको लिङ्ग पहिचान ।

अस्ति कहिले हो अस्पतालमा घुम्दै थिए एक जना बडो समाजसेवी र गुणवान बन्दै र भन्दै दीन दुखी र गरिबको आँसु पुछ्ने मसिहा बन्दै  हेर्दा निकै भलाद्मी देखिन्थे चस्मा र कोटले हरेक लाइन मिच्दै हिँड्थे ठाँटबाटले ओ पि डिको लाइन, फार्मेसीको लाइन, प्रशासनको लाइन । अपांग , बृद्द, बेसाहरा भन्दै साहारा दिन खोज्ने ध्येय भने  आफ्नो पनि बिमाबाट औषधी लेखाउने  । हिजो कता हो भिडियो एक्स रे वर पर घुम्दै थिए  भ्रुणहत्या गर्नु पाप हो भन्दै कुर्लँदै थिए   लिङ्ग पहिचान अपराध हो भन्दै उर्लँदै थिए भ्रुणलिङ्गको भेद भन्ने चिकित्सकलाई चुट्नुपर्छ भन्दै मच्चिने भलादमी बन्दै थिए । आज पुन:  अस्पताल परिसरमा देख्छु  एउटी लजालु अबोध कन्याको साथमा । नजिक आएर सानो स्वरमा साउती गर्छन् " डाक्साप डाक्साप ..... .........." १६ वर्षे जवानीमा १४ हप्ताको वयस्क भ्रुण भलादमीपनको राप र तापमा फुटवलजस्तै खेल्न आतुर त्यो  निर्दोष भ्रुण भलादमीपनको आहालमा तुहाइन खोजिँदै छ । हिजोका लिङ्गभेद खोल्ने पापी  चिकित्सकलाई  आफ्नो इज्जतको उद्दार गर्न गुणवान बनाइँदै  छ...

किशोरीको कैलालीदेखि वीर अस्पतालसम्म्को यात्रा र उब्जिएका प्रश्न ।

किशोरीको कैलालीदेखि वीर अस्पतालसम्म्को यात्रा । मनुष्यको जीवन सबैको एउटै हुँदैन । तर जिवनको मूल्य मान्यता र विचार प्रणालीले सिङ्गो समाजलाई दर्शाउने गर्छ । समाज कसरी सन्चालन हुन्छ भन्ने कुरा समाजको विचार प्रणालीमा निकै निर्भर गर्छ । अझै सूक्ष्म रुपमा केलाउने हो भने व्यक्तिको स्थापित बानी व्यहोरामा समस्त समाजको आधारशीला तयार हुन्छ । व्यापारी युगमा लोककल्याणकारी भावनाले ओतप्रोत समाजको कल्पना गर्न सकिन्छ त ?  कैलालीको दुर्गम वस्तीबाट एउटी किशोरीलाई ज्वरोले गर्दा उनकी आमाले अस्पतालहरु देखाउँदै हिड्छिन् । सो क्रममा उनको रोग त पत्ता लाग्दैन । तर पैसा भने १ लाख जति सकिन्छ । मजदुरी गरेर कमाएको पैसा केही दिनमै उपचार खर्चमा सकिन्छ। कैलालीमा सबै उपचार गर्न नसकिने भएपछि काठमाडौ आएका रहेछन् । उनकी आमाले त्यसको लागी एक महिनासम्म चन्दा उठाएर बल्ल वीर अस्पतालमा आउने क्षमता बनेको रहेछ । जुन कुरा अलि मन बिझ्ने कुरा हो । देशको कुनै एउटा स्वास्थ्य संस्था जहाँ विशेष उपचारका लागि प्रेषण गरिएका विपन्न बिरामीलाई  पैसाको आवस्यकता नपर्ने हुन किन नसकेको होला त ? हाम्रो समाजले त्यो मजबुत स्वास्थ्य विमा...

किशोरीको कैलालीदेखि वीर अस्पतालसम्म्को यात्रा ।

किशोरीको कैलालीदेखि वीर अस्पतालसम्म्को यात्रा । मनुष्यको जीवन सबैको एउटै हुँदैन । तर जिवनको मूल्य मान्यता र विचार प्रणालीले सिङ्गो समाजलाई दर्शाउने गर्छ । समाज कसरी सन्चालन हुन्छ भन्ने कुरा समाजको विचार प्रणालीमा निकै निर्भर गर्छ । अझै सूक्ष्म रुपमा केलाउने हो भने व्यक्तिको स्थापित बानी व्यहोरामा समस्त समाजको आधारशीला तयार हुन्छ । व्यापारी युगमा लोककल्याणकारी भावनाले ओतप्रोत समाजको कल्पना गर्न सकिन्छ त ?  कैलालीको दुर्गम वस्तीबाट एउटी किशोरीलाई ज्वरोले गर्दा उनकी आमाले अस्पतालहरु देखाउँदै हिड्छिन् । सो क्रममा उनको रोग त पत्ता लाग्दैन । तर पैसा भने १ लाख जति सकिन्छ । मजदुरी गरेर कमाएको पैसा केही दिनमै उपचार खर्चमा सकिन्छ। कैलालीमा सबै उपचार गर्न नसकिने भएपछि काठमाडौ आएका रहेछन् । उनकी आमाले त्यसको लागी एक महिनासम्म चन्दा उठाएर बल्ल वीर अस्पतालमा आउने क्षमता बनेको रहेछ । जुन कुरा अलि मन बिझ्ने कुरा हो । देशको कुनै एउटा स्वास्थ्य संस्था जहाँ विशेष उपचारका लागि प्रेषण गरिएका विपन्न बिरामीलाई  पैसाको आवस्यकता नपर्ने हुन किन नसकेको होला त ? हाम्रो समाजले त्यो मजबुत स्वास्थ्य विमा...