Posts

त्यो एक खिल्ली चुरोट किनेको दिन ।

Image
त्यो एक खिल्ली चुरोट किनेको दिन ।   सल्लाको माथिल्लो जङलबाट सल्लिपिर पन्छाउँदै कम्मरमा आधा पेट ढाक्ने पटुका बाँधेकी एउटी आमा झर्दै छिन् ।  हातमा लौरो छ ।  बाटो पहिल्याउने र टेक्ने लौरो । बुढेस्कालको एउटै साहारा भनम् ।  थाप्लोमा नाम्लोले थिचेको छ ।  र पिठ्युमा डोकोभरी दाउरा बोकेकी छन्  । सुस्त सुस्त हिँड्दै  अस्पताल प्राङण हुँदै आउँछिन् ।  उनी  हल्का स्याँ स्याँ   गर्दै छिन्  । अरुका निम्ती त अझै तगडा नै देखिन्छिन्  । उनको उमेर ढल्किँदै गयो ।  अनुहार चाउरिँदै  गयो  ।  उमेर गन्तिले कति पुग्यो, पत्तो छैन।  कति माघका चिसा सिरेटाले हाने होलान्  उनलाई ।  हरेक चुनावमा भोट पनि खस्यो उनको कतिपटक ।  नातीहरु अमेरिका पुगे ।  छोराहरु  राजधानी पुगे ।  तर उनको भारी कत्ति कम भएन ।  छुटेन त्यो दाउराको भारी कहिल्यै ।   सल्लिपिरले उनको बाटो सधैं ढाकिदिन्छ ।  उनी सधैंजस्तो सल्लिपिर हटाउँदै बाटो आँफै बनाउँदै जङलबाट निस्किन्छिन् अस्पताल नजिकै ।  उनको घर पुग...

भुइँमान्छेको पनि अस्पताल: गङालाल अस्पताल ।

भुइँमान्छेको पनि अस्पताल: गङालाल अस्पताल । केही वर्ष अगाडि मलाई लाग्थ्यो समयमा उपचार पाउनु भाग्य हो । तर अचेल बुझ्दैछु कि समयमा उपचार प्रदान गर्नु कुनै पनि अस्पतालको क्षमता हो । त्यो संस्थाको कला हो । त्यहाँको नेतृत्वको कार्यकुशलता हो । अन्तत: कुनै पनि संस्थाको कुशल कार्यसम्पादनले सेवा प्रवाहको गुणस्तर निर्धारण गर्ने गर्छ । एक दिनको कुरा हो म एक जना बिरामीको लागि गङालाल अस्पतालको एमर्जेन्सी पुग्छु । त्यहाँ घटित दृश्य मलाई रोचक लाग्छ ।  सहिदको नामबाट राखिएको यो अस्पतालको प्रारम्भिक अनुभवले नै निकै जनप्रेमी प्रतीत भयो । सहिदको नामको पनि सम्मान भएको महसुस गरेँ । सहिदको एउटा सपना भनेको हरेक भुइँमान्छेले पनि समान गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरोस् भन्ने पक्कै हुन्छ । सो कुराको एउटा उदाहरण गङालाल अस्पताल रहेछ। कल्पना गर्नुहोस् तपाईँ  कसैलाई चिन्नुभएको छैन । तपाइँ एउटा ग्रामीण परिवेशको भुइँमान्छे हो । नेताहरुको संगत छैन । कोही पनि सानो वा ठूलो ओहदाको डाक्टरलाई चिन्नुहुन्न । कसैलाई भनसुन गर्ने ल्याकत छैन । तपाइँ निकै सामान्य मान्छे हो । यो देशको नागरिक हो । चुनावमा खोजिने फगत ...

ब्रह्मजीलाई फुर्सद हुँदा ।

ब्रह्मजीलाई फुर्सद हुँदा  ।  कुनै कुराले असाध्यै  मन खाँदा त्यो प्राप्त गर्ने हुटहुटि सबैलाई जाग्दो होला । उदाहरणका लागि मलाई दर्शनशास्त्रका पुस्तकहरुले निकै मन खाने गर्छन्। अध्यात्मिक चिन्तनको बहसमा सहभागी हुन मेरो मन एकाएक उनीप्रति आफै लम्किन्छ ।  कुनै पुस्तक, स्थान , कार्यक्रम , वस्तु आदिले मन खाँदा ती कुरालाई प्राप्त गर्ने हरसम्भव प्रयास गरिन्छ । ती सामान्य लाग्ने चिजहरुको प्राप्त गर्न सफल नहुँदा त मन खिन्न हुन्छ भने जीवन यात्रामा  कोही मन खाएको व्यक्ति आफूसँग हुँदैन भनेर महसुस हुँदा कति छट्पटी हुन्छ होला है ! त्यसमा पनि भित्रबाट नै चिताएको विशेष प्रेमभावना प्रस्फुटन गर्ने साथीले मन चोरेर लैजाँदा कस्ता  मीठा भाव प्रस्फुरण हुन्छन् होला ? तर मिलन नहुँदै छुट्टिनु पर्ने बाध्यता भोग्ने दु:खी मनहरु सार्है पिर्छन् होला है ? जीवनको कुनै समयमा यी प्रश्नका झटारोको पात्र आफै नै बन्नुपर्ने दिन आउँदा मनको भाव छताछुल्ल पोखिनु स्वभाविक नै हो । दुर्लभै पग्लिने आफ्नै मन आज पग्लिँदा आफ्नै मनप्रति नमन छ मेरो । भाग्यमानीलाई मात्रै कुनै  मनोवादविना आफ्नो ...

साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु !!

साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु !! डा शम्भु खनाल मनुष्यको इहलिला यही संसारमा खेल्दै रम्दै भुल्दै समाप्त हुन्छ । दौडधुप जीवनको पर्याय नै बनेको छ । दौडधुप गर्न मन नलाग्ने भनेको एउटा अदालत होला । त्यसपछि त अस्पताल नै हुनपर्छ । आस्चर्यजनक कुरा के हो भन्दा धाउन नपर्दासम्म सबैजनालाई आफू अजर अम्मर नै लाग्छ। सबैलाई धाउन मन नलाग्ने अस्पतालमा भने अस्पतालका कर्मचारी सधैं जानपर्छ । ती अजर अम्मर मनुष्यका कथा व्यथा सबै देखिन्छ, बुझिन्छ । बानी नै पर्छ । एमर्जेन्सीमा मुटुको समस्या भएर आउने बिरामी हेर्दा हेर्दा आफ्नो सपनामा पनि मुटुको स्पन्दन देख्नु कुनै नौलो कुरा होइन । एक दिनको कुरा हो एमर्जेन्सीमा "इको " गर्ने प्रयास गरिरहेको थिएँ । एक जना बाजे पस्चिम नेपालबाट आएका रहेछन् । उमेर अन्दाजी ७० वर्षको हुनपर्छ ।  उमेरले भन्दापनि परिश्रमले खारिएका ती बाजेको दशकौँ इतिहास बोकेको इस्टकोटले ग्रामिण भेगको सम्पन्नता झल्काउँथ्यो। उनका खोपिल्टा परेका गालाले जीवनमा भरपेट खान नपाएको अभावको खाडल देखाउँथ्यो । उनको खुम्चिएका निधारले आफ्नो जिम्मेवारीको चिन्ताका रेखाहरु देखाउँथ्यो । उनको शिरमा अडिन गार...

नेपाल पूर्वको यात्रा , सिकाउँछ पाठ धेरै ।

Image
नेपाल पूर्वको यात्रा , सिकाउँछ पाठ धेरै । खण्ड   "क"   यात्रा पृष्ठभूमि यात्रा एउटा आफैलाई चिन्ने मौका हो। अरुलाई चिन्ने अवसर पनि हो। यात्रामा आफ्नो आशाअनुसार र आफ्नो अनुकूलको वातावरण नहुन सक्छ । कहिले सजिलो यात्रा हुन्छ त कहिले कठिन यात्रा हुन्छ । हरेक अवस्थामा आफूलाई अनुकूल बनाउने प्रशिक्षण पनि यात्राले प्रदान गर्छ । हामी यात्रा गर्न शौखिन हुनाले धेरै जना साथीहरु मिलेर जाने सल्लाह हुँदाहुँदै पनि कारणवश सबैको समय अनुकुल पर्दैन । त्यसैले भाइटिकाको अर्को दिन विहान हामी दुई जना (म र मेरी पत्नी सविता)  सल्लाह गरेर एकाएक निस्किन्छौँ  पूर्व नेपालको  यात्रामा । बुटवलबाट विर्तामोडसम्मको कटु यात्रा । वीरगन्जभन्दा उता कहिल्यै गएको थिइन । दिउँसो ३ बजेको काँकरभिट्टाको बसमा चढेर अर्को दिन बिहान १० बजे विर्तामोड उत्रिन्छौँ । सोचेको भन्दा गाडीले ढिलो पुर्याएको पक्कै हो । धन्य हाम्रो विकासोन्मुख सडकनिर्माणलाई !! हामीलाई विर्तामोडबाट उत्तर पर्ने ताप्लेजुङ जिल्लास्थित पाथिभरा मन्दिरको दर्शन गर्ने हेतुले गाडी खोज्छौँ । तर ताप्लेजुङ जाने गाडीको टिकेट बिहान ९ बजेसम्म मात्रै हुने र...

अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !!

Image
अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !! ( यो एउटा यात्रा अनुभव मात्रै हो । पट्यार लागेमा क्षमाप्रार्थी छु ।) प्रारम्भ : शरद रितु निकै मनोरम रितु हुन्छ । न धेरै गर्मी न धेरै जाडो । चाडपर्वको मौसम । दशैँ तिहार छठ पर्वको मौसम । सबैको विदा आदि पर्ने मौसम । अस्पतालको दैनिकीबाट टाढा हुन खोज्ने मनहरु मिल्न पुग्दा यात्राको तय हुने गर्छ। यसपटक पनि अचानक अन्नपूर्ण बेस क्याम्पको यात्रा तय हुन्छ । र झिनोमसिनो तयारी गरेर यात्राको लागि ६ जना निस्किन्छौँ । त्यसमाथि म तीन वर्ष फेरि डि एम कार्डियोलोजीको बन्धनमा घोडाजस्तै दौडिन पर्ने निकट भविष्य सम्झिएर घुम्ने इच्छा पूरा गर्नु पनि थियो । बुटवलबाट २ बजे निस्किएर पोखरा साँझ बस्ने गरी निस्किने भनेको हिँड्दा नै ४:३० बज्छ । इलेक्ट्रिक गाडीलाई चार्ज गर्न ढिला भएकोले समयमा हिंड्न नसकेको भन्दै थिए ड्राइभरले । सोही गाडीलाई पुनः स्याङ्जामा चार्जिङ गर्नुपर्ने रहेछ । यसो विचार गर्दा सार्वजनिक एलेक्ट्रिक गाडी प्रयोग गर्ने चार्जिङ स्टेसन आदिको  संरचनाको विकास अझै भइसकेको देखिन्न । त्यसैले मलाइ भने जाती लागेन । यात्रा प्रारम्भ ( प...

चिकित्सा पेशाको कुन्डली । भाग्य वा मिहिनेत वा सक्षमता ?

चिकित्सा पेशाको कुन्डली । भाग्य वा मिहिनेत वा सक्षमता ? चिकित्सक हुनभन्दा पहिले सो चिकित्सक एउटा व्यक्ति हो । साधारण मानव हो । जसका आफ्ना इच्छा र आकांक्षा हुन्छन् । मन पनि हुन्छ । सोचाइ विचार सबै हुन्छ । चिकित्सकीय पेशालाई स्कुलमा निकै उच्च मुल्यांकनका साथ पढाइने गरिन्छ । ठूलो बनेपछि डाक्टर इन्जिनियर बन्नुपर्छ भन्दै रटाइन्छ ।   जसको निरन्तरता कलेज पढ्ने समयमा पनि गरिन्छ । जुन कुराको दृश्य पुतलीसडकमा देख्न सकिन्छ । पढाइमा अब्बल मानिने सबै विद्यार्थीको ध्यान केवल मेडिकल शिक्षा प्रवेश गर्नेमा रहन्छ । जुन मेरो पनि थियो ।  त्यो समयमा केवल पढाइमा मात्रै ध्यान केन्द्रित हुन्छ । विस्व जगतमा उठ्ने चिकित्सकिय पेशाका तमाम प्रश्नहरु फगत आलोचना र नकारात्मक चिन्तनबाट उब्जिएका विषयवस्तु हुन् जस्तो लाग्छ  । आफ्नो दैनिकीलाई प्रत्यक्ष प्रभावित नपार्ने घटनाहरुलाई चासो दिने गरिन्न । जस्तै कतै पुल भत्कियो भन्ने समाचारलाई कति महत्वका साथ लिने गरिन्छ भन्ने कुराले आफुलाई  प्रत्यक्ष असर पर्नुपर्यो वा साँच्चै चिन्तित स्वभावको व्यक्ति हुन पर्छ । त्यस्तै चिकित्सकिय विषय पढ्ने ध्याउन्न भए...

डा नन्दुले सुल्झाएको गार्सिनियाको रहस्य ।

डा नन्दुले सुल्झाएको गार्सिनियाको रहस्य ।  । प्यारा टिक टक तथा सोसल मिडिया  स्टार साथीहरु । तपाईंलाई धेरै जनाले आफ्नो आदर्श मान्नुहुन्छ । धेरै जनाले विस्वास गर्नुहुन्छ । तर त्यो विस्वासले व्यक्तिको जीवन सकारात्मक परिवर्तन गर्नुपर्ने हुन्छ । कुनै पनि कुराको प्रचार गर्दा सो कुराको सम्पूर्ण ज्ञान लिएर मात्रै गर्नु उत्तम हुन्छ । तर हामी सबैजना अध्ययन भन्दा पनि गफ र लहै लहैमा बढी बहकिएको महसुस हुन्छ । हुन त असल कुराहरु समाजमा सजिलै  फैलिँदैनन् । केवल नकारात्मक कुराहरुप्रती  आकर्षण बढी हुन्छ । मैले लेख्न गइरहेको विषय अन्त्यसम्म पढ्न सक्नुभयो भने सायद तपाइँ फरक किसिमको व्यक्तित्व हुनुहुन्छ । अध्ययनलाई रुचाउनुहुन्छ । अचेल धेरै जनालाई दुब्लाउन मन लागेको छ । तौल बढ्नु खानपिनको समस्या हो । खाने समयमा आँखा नदेखिकन अधिक कार्बोहाइड्रेट खाने तर ज्यान चाहिँ "स्लिम " चाहिने ? यो चाहिँ कल्पनामा मात्रै हुन्छ ।एक पटक ज्यानमा बोसो ( Fat) जमिसकेपछि त्यो Fat cells बाट टुक्रेर हट्न निकै गार्हो हुने हुनाले समयमै व्यायाम र खानपिनको सन्तुलन मिलाउन पर्ने हुन्छ । मोटोपन घटाउनको लागि व्यक्...