चिकित्सक , अमेरिका मोह र राज्यको चेतना ।
राज्यको चेतना कता छ ??
पुनः सामाजिक सन्जालमा साथीभाइका हर्षहरु छताछुल्ल पोखिएको देख्न सकिन्छ । उनीहरुको धैर्य र मिहिनेतले प्रतिफल दिएको देख्न पाइन्छ । मार्च १७ को दिनमा धेरै जनाको मन र जीवन उल्लासमय बनेको देख्न पाइन्छ । कठिन परिश्रम र पढाइले आफूलाई विश्व सामु अब्बल साबित गर्ने ती सबै चिकित्सकहरुलाई मुरी मुरी बधाइ दिनैपर्छ । अमेरिकामा रेजिडेन्सी म्याचिङको नतिजा आएको दिन हो यो । यो नतिजासँगै धेरै अब्बल चिकित्सकहरु आफ्नो सपना पूरा गर्न अमेरिकाको लागि केही समयमा प्रस्थान गर्नेछन् । जसको पक्षमा विपक्षमा विचारहरु पनि सँगै देख्न सकिन्छ सामाजिक सन्जालमा ।
सामान्य मनुष्यको मनले खुसी खोज्छ । भागवत गीताका प्रवचन सुनेर मात्रै सुख दु:खलाई समान व्यवहार गर्न सक्ने तत्वज्ञान विकास त हुँदैन । किनभने चिकित्सक पनि एक सामान्य मनुष्य नै हो । उसले आफ्नो मिहिनेतको प्रतिफल खोज्छ । आफ्नो परिश्रमको लगानीको नतिजा खोज्छ । । आफूले गरेको परिश्रमको परिणाम सबैले धन, प्रतिष्ठामा खोज्नु स्वभाविक नै हो । अहिले आएर माटोको माया , देशको माया, देशप्रतिको ऋण , आत्मस्वाभिमानजस्ता आदर्शले व्यक्तिको मन थाम्न सक्दैन । कुनै प्रेरणा बिना कोही व्यक्ति सदैव एउटै स्थानमा बस्छ भनेर परिकल्पना गर्न यो कुनै सत्ययुग होइन । स्वप्रेरित व्यक्ति दुर्लभ हुन्छन् । आदर्शका शब्दहरु बाहेक हाम्रो नेतृत्वले अरु विकल्प दिन सकेका छैनन् । । यतिका वर्ष पढाएर अर्को देशको सेवा गर्न जानुलाई राष्ट्रप्रतिको निष्ठुरीपन सम्झिन्छन् । लोकतन्त्रको विचार परिमार्जन गर्ने , त्यसकै वकालत गर्ने, तर व्यक्तिको स्वनिर्णय र स्वतन्त्रतामाथि प्रश्न उठाउनु कत्ति शोभा दिँदैन। नीति निर्माणमा संलग्न राज्यका अंगहरुले आत्मआलोचना गरेर दक्ष चिकित्सकलाई देशमै बस्ने र रोज्ने वातावरण कसरी सिर्जना गर्न सकिन्छ भन्ने तर्फ उर्जा खर्च गर्नु उत्तम हुन्छ । कसैले पनि टिकाटिप्पणी गर्ने नैतिक अधिकार राख्दैनन् ।
समाजमा चिकित्सा पेशालाई सम्मानित पेशाको रुपमा लिइन्थ्यो । र अचेल त्यसप्रतिको सम्मानमा ह्रास आएपनि बुझ्ने सकारात्मक व्यक्तिहरुले राम्रै सम्मान पनि गर्छन् । तर समय समयमा घट्ने भौतिक तथा मानसिक आक्रमणका घटनाहरुले चिकित्सकको स्वाभिमानमा पनि ठेस पुर्याइरहेको देखिन्छ । सामाजिक सन्जालमा नकारात्मकता निकै व्याप्त देखिन्छ । आधा अंश र अर्ध सत्य भिडियो राखेर अस्पताल र चिकित्सकको कमजोरी देखाउन निकै खप्पिस हुन्छन् यु ट्युब र मिडियाजगत । नकारात्मक कुराको प्रचार छिटो हुन्छ । त्यस भिडियो र समाचारको मुनि प्रतिक्रियामा त लापरबाही बाहेक अर्को प्रतिक्रिया देख्नै सकिन्न । ती गाली गलौज सुन्ने निर्दोष मनहरु कुन्ठित हुन्छन् नै । पूर्ण सत्य खोजविन गर्ने संस्कार पनि छैन । कति सम्म नकारात्मक सोचको विकास भएको है !!
चिकित्सा विषय अध्ययन गर्न वास्तवमै चुनौतीपूर्ण छ । ६ वर्ष पढेर एउटा स्नातकसरहको डिग्री प्राप्त हुन्छ । यो पढेर केही समय मेडिकल अफिसरको रुपमा काम गर्ने गर्छन् । अझै सरकारी सेवाका चिकित्सकको त स्नातकोत्तर सकिँदा ३६ वर्ष उमेर कट्छ । त्यो समयमा यहाँ देखिने परिश्रमको अवमूल्यन र सामाजिक प्रतिष्ठामा आँच आउने सबै घटनाहरुले विक्षिप्त बनाउँछ । र यात्रा सुरु हुन्छ अमेरिका तर्फ ।

न तलब सुविधा राम्रो छ , न सजिलै जागिरको अवसर छ न जनताले भवितव्य घटनामा पनि पिट्न छोड्दैनन् न आउँदा वर्षहरुमा अवसरको सम्भावना देखिन्छ । अधिकांश चिकित्सकको तलबको नाममा ४०००० देखि ६०००० सम्म छ भन्दा धेरैलाई पत्याउन गार्हो हुन्छ । त्यसलाई पनि धेरै मान्नेहरुले दिनभर इट्टा बोक्नेको कमाइ भन्दा त बढी रहेछ भनेर बेतुकको तुलना गर्छन् !! प्रेरणा र प्रोत्साहनले चल्ने मनुष्यको मस्तिषकलाई धेरै आदर्शवान बनाउने प्रयास गर्नु नै सबैको भूल हो ।
एम बि बि एस् पढेपछि एम डि गर्नुपर्ने हुन्छ । त्यसको पनि आफ्नै व्यथा छन् । त्यसपछी डि एम/ एम सि एच् गर्नुपर्ने हुन्छ । त्यसका पनि थप व्यथा छन् । पढेर सकेपछि पनि ठाउँ त्यही हो, समाज त्यही हो, राज्य उही हो, प्रतिगामी कानुन उहि हो । तलब सुविधामा धेरै उन्नती केही हुन्न । पढ्ने बेलामा त सरकारी चिकित्सकको तलबको त सुनिस्चितता गर्न नसक्ने नियमकानून छन् यहाँ !! क्लिनिकआदिमा काम गर्दा सबैतिर समान आय हुँदैन । दुई चारजना नाम चलेका चिकित्सकहरुलाई भ्याइ नभ्याइ हुन्छ । अरुलाई सङ्घर्ष नै हुन्छ । १२ वर्षको चिकित्सा विषयमा उतिर्ण गरेर लाइसेन्स पास गरेपछि पनि आफ्नो नाम स्थापित गर्नुपर्ने कस्तो सङ्घर्ष होला यो देशमा !! त्यस्तो सङ्घर्ष त पाठ्यक्रममा देखिन्न । सरकारी चिकित्सकदेखि निजी अस्पतालमा काम गर्ने चिकित्सकको मनमा एउटा प्रश्न त पक्कै आउँछ - कहिलेदेखि आफू विशुद्ध तनावरहित चिकित्सक हुन पाइन्छ होला ? यहाँ एक चिकित्सकले चिकित्सा बाहेक राजनीति, नेता , मिडिया आदि सबैतिर हिमचिम हुनुपर्ने देखिन्छ । नेताको नजिक नभए पोस्टिङ मिल्दैन । मिडियाको नजिक नभए अनावस्यक अफवाह फैलिन्छ । टाठोबाठो नभए प्रचार हुँदैन । आफ्नै पारिवारिक जरो बलियो नभए काम गर्ने ठाउँ पाइन्न ।
यी सबै तनावहरुबाट मुक्ति पाउन सफल सम्पूर्ण अमेरिकाको स्नातकोत्तर विषयमा म्याचिङ भएका चिकित्सकहरुलाई बधाइ दिनुपर्छ । स्वनिर्णयको अधिकारलाई सम्मान गर्नुपर्छ । धेरै आदर्शका वाणीहरुले उनीहरुको मिहिनेतलाई ठेस पुर्याउन पाइँदैन । आफ्नै देश रोजेर वा परेर चिकित्सा विषयबाहेकका सङ्घर्ष पनि गर्छु भनेर यतै भविष्य कल्पना गर्नेहरुलाई पनि सम्मान गर्नैपर्छ । आर्थिक भारले थिलथिलो हुँदै गरेको आफ्नो देशमा बस्न सक्ने हिम्मतलाई मान्नैपर्छ ।

Solute
ReplyDelete