ब्रह्मजीलाई फुर्सद हुँदा ।
ब्रह्मजीलाई फुर्सद हुँदा ।
कुनै कुराले असाध्यै मन खाँदा त्यो प्राप्त गर्ने हुटहुटि सबैलाई जाग्दो होला । उदाहरणका लागि मलाई दर्शनशास्त्रका पुस्तकहरुले निकै मन खाने गर्छन्। अध्यात्मिक चिन्तनको बहसमा सहभागी हुन मेरो मन एकाएक उनीप्रति आफै लम्किन्छ ।
कुनै पुस्तक, स्थान , कार्यक्रम , वस्तु आदिले मन खाँदा ती कुरालाई प्राप्त गर्ने हरसम्भव प्रयास गरिन्छ । ती सामान्य लाग्ने चिजहरुको प्राप्त गर्न सफल नहुँदा त मन खिन्न हुन्छ भने जीवन यात्रामा कोही मन खाएको व्यक्ति आफूसँग हुँदैन भनेर महसुस हुँदा कति छट्पटी हुन्छ होला है ! त्यसमा पनि भित्रबाट नै चिताएको विशेष प्रेमभावना प्रस्फुटन गर्ने साथीले मन चोरेर लैजाँदा कस्ता मीठा भाव प्रस्फुरण हुन्छन् होला ? तर मिलन नहुँदै छुट्टिनु पर्ने बाध्यता भोग्ने दु:खी मनहरु सार्है पिर्छन् होला है ?
जीवनको कुनै समयमा यी प्रश्नका झटारोको पात्र आफै नै बन्नुपर्ने दिन आउँदा मनको भाव छताछुल्ल पोखिनु स्वभाविक नै हो । दुर्लभै पग्लिने आफ्नै मन आज पग्लिँदा आफ्नै मनप्रति नमन छ मेरो ।
भाग्यमानीलाई मात्रै कुनै मनोवादविना आफ्नो मन कसैप्रति पूर्ण आत्मसमर्पण गरेको अनुभव हुन्छ । उनले मेरो मन चोरेको दिन उनको रुप र अस्तित्वप्रति नतमस्तक भएको थिएँ । मेरा सबै अडकलवाजीमा मात्रै सिमित हुने र चलचित्रका पर्दामा देखिने प्रेमिल भावनाहरु एकाएक यथार्थमा उत्रिएका थिए । मलाई सधैं बकम्फुसे लाग्ने अमर प्रेमकथाहरु सान्दर्भिक लागेका थिए । दर्शक म र दर्शन उनको । पात्र उनी र कल्पना मेरो ।
उनका नयन निकै आकर्षक देखिन्छन् । उनका आँखीभौँ ती नयनमाथि गजक्क परेका छन् । अनुहारको चमकबाट कालो कोठी दाहिने आखिभौँमा लुक्न खोजेको प्रतीत हुन्छ । ओठका किनार तन्किँदा मिलेका चम्किला दन्तलहर निकै सोभा बढाउँछन्। उनको बोली निकै सुमधुर सुनिन्छ । गोधुली साँझमा सूर्यको शितलताभन्दा पनि शितल उनको अनुहारको चमकले मेरा आँखा शितल हुन्छन् । आँखामा राख्ने "टियर ड्रप्स" का थोपा नराखे पनि मेरा आँखाले उनका नयन एक टक हेरिरहन सक्छन् । लाग्छ उनलाई मैले देखेकै रहेनछु । सायद मनको आँखाले हेर्ने समय निकालेको रहेनछु । मनले हेर्दा त उनी अझै सुन्दर देखिन्छिन् । त्यसमाथि उनको कर्णप्रीय आवाजले मेरो मनलाई सिधै भेदन गर्छ ।
स्कुटरमा बस्दा उनको फिँजारिएको कालो केशले मेरो अनुहार छोप्दा कस्तो उर्जा सन्चार होला भनेर सोच्छु । धन्यवाद हावालाई दिने कि स्कुटरको गतिलाई भन्ने दुबिधा हुने होला । यति महसुस गर्दै गर्दा पौडिन नसकिने कुन्डमा डुबेको अनुभव हुन्छ मलाई । त्यसैले म उनीबाट नजर हटाएर अन्तै हेर्न खोज्छु । तर आँखा घुमेर उनलाई नै हेर्न पुग्छन् । कस्ता यी अटेरी आँखाहरु !! भनेको नमान्ने कस्ता लोभिएका प्रेमिल आँखाहरु !!
मलाई केहि बोल्न मन लाग्छ । तर बोली फुट्न गार्हो मान्छ । "तिमी विछट्टै राम्री छौ" भनेर जिब्रो दाँत र ओठ सबैले सल्लाह गरिसकेका थिए । तर मस्तिष्कले ब्रेक लगाउँछ । कस्तो "फ्लर्ट" गरेको भन्छिन् भन्ने पीरले अर्कै शब्द संयोजन हुन्छन् , " खाजा खायौ ? " यो दृश्य देखेर मेरो मनमा उकुसमुकुस हुन्छ । फुट्न नसकेका भावनाहरुको भारी कति बेर थेग्नु ?
उनको कफी आइपुग्छ। उनले मास्क निकालेपछि पूरा अनुहार देख्छु। उज्यालो चेहरामा आकर्षक नयन बडो गज्जब देखिन्छन् । कफीको स्वाद लिँदै जाँदा उनको कप रित्तिँदै जान्छ। मेरो कफी सकिने छाँट हुन्न । खासमा मलाई कफी सक्नु नै मन हुन्न । चुस्की लिएजस्तो गर्दै पुनः कपकै डिलबाट कफीलाई ओरालो फर्काउँछु ओठहरुले । जादु जानेको भए उनको कफी कहिल्यै नसकिने बनाइदिन्थेँ । रेस्टुरेन्टप्रति पनि खुब रिस उठ्छ । सानो कपमा कफी दिएको भएर । एक मनले कफीको ठूलो कप आफै ल्याउन पर्ने जस्तो लाग्यो ।
कफी नसकिँदै म द्रुत गतिमा सिनेमा हलमा पुग्छु । कल्पनामा जहाँ पुगेपनी भयो । कस्तो जादु ! एक निमेष पनि नलाग्ने मनलाई कतै पुग्न । मेरो दाहिनेतिर उनी बसेकी छिन् । उनी रमाउँदै फिल्म हेर्दै छिन् । मेरो टाउकोले सिधा हेर्दै छ । तर मेरा आँखाले दायाँमा उनलाई हेरिरहेको छन् । मनले भने उनको र मेरो आँखा जुधिरहेको देख्दै छ । फिल्मका कुनै कुरामा डुब्दा उनी गम्भीर देखिन्छिन् । बेलाबेला उनको हाँसोले वातावरण " स्यानिटाइज" हुन्छ भने मुस्कानले आभामण्डल "एनर्जाइज" हुन्छ । एक पटक उनको शिर मेरो छातीमा अडिन पुग्यो भने धड्कनको आवाज र गति पक्कै थाहा हुन्थ्यो होला ! ढक ढक ढक ...... । तर फिल्महलमा दुई सिटवीचको डन्डी भिलेन बन्छ । उनको शिर मेरो छातीमा अडेस लिन पाउँदैन । फिल्म सकिन्छ ।
कल्पनामा डुब्दै गर्दा कफी पनि सकिन्छ । उनले भन्छिन् " तपाइँ कता ध्यानमग्न ? " म कल्पनाको जहाजबाट यथार्थको भूमिमा उत्रिन्छु । कल्पनामा तिमीसंग कफि खाँदै, फिल्म हेर्दै , स्कुटरमा पछाडि बस्दै थिएँ भन्न आतुर थियो मेरो बोली । तर रोक्किन्छु । उनको मनको " स्टाटस" बाट अज्ञात हुँदा त्यो उत्तर शिष्ट लागेन मलाई । त्यसैले भन्छु " तिमीलाई रचना गर्न ब्रह्मजीले पक्कै आफ्नो उमेरको १००० वर्ष लगाएका होलान् । " यो सुनिसकेपछि उनले हल्का आँखामा मुस्कान फिँजार्दा म आफ्नो ओठमा मुस्कान फिँजार्छु । सुन्दर अवयवमा "हरि" मन भेटिने उनी दुर्लभ छिन् । उनलाई धेरैले इन्स्टाग्राममा खोज्दा होलान् । फेसबुकमा खोज्दा होलान् । म त उनलाई सदा आफ्नै अगाडि खोजिरहन्छु । आफैभित्र देखिरहन्छु ।
कफिपसलको बाहिर एउटा सानो पान पसल रहेछ । " मिठा पान खान्छौ ? " म मनशाय बुझ्ने प्रयास गर्छु । हुन्न भन्न सकिनन् । पानको डल्लोलाई अटाइ नअटाइ मुखमा राख्दा गाला फुक्क फुल्छन् । मुखको किनारबाट रस चुहिन्छ । कपडामा लाग्ने डरले उनी तर्किन खोज्छिन् । तर उनी त्यसलाई छल्न सफल हुन्निन् । कपडामा दाग लागेर नै छाड्छ । त्यो देखेर म खुसी हुन्छु । त्यो चिनारी मेटाउने इच्छा नै जाग्दैन ।

Comments
Post a Comment