Posts

Showing posts from October, 2024

अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !!

Image
अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !! ( यो एउटा यात्रा अनुभव मात्रै हो । पट्यार लागेमा क्षमाप्रार्थी छु ।) प्रारम्भ : शरद रितु निकै मनोरम रितु हुन्छ । न धेरै गर्मी न धेरै जाडो । चाडपर्वको मौसम । दशैँ तिहार छठ पर्वको मौसम । सबैको विदा आदि पर्ने मौसम । अस्पतालको दैनिकीबाट टाढा हुन खोज्ने मनहरु मिल्न पुग्दा यात्राको तय हुने गर्छ। यसपटक पनि अचानक अन्नपूर्ण बेस क्याम्पको यात्रा तय हुन्छ । र झिनोमसिनो तयारी गरेर यात्राको लागि ६ जना निस्किन्छौँ । त्यसमाथि म तीन वर्ष फेरि डि एम कार्डियोलोजीको बन्धनमा घोडाजस्तै दौडिन पर्ने निकट भविष्य सम्झिएर घुम्ने इच्छा पूरा गर्नु पनि थियो । बुटवलबाट २ बजे निस्किएर पोखरा साँझ बस्ने गरी निस्किने भनेको हिँड्दा नै ४:३० बज्छ । इलेक्ट्रिक गाडीलाई चार्ज गर्न ढिला भएकोले समयमा हिंड्न नसकेको भन्दै थिए ड्राइभरले । सोही गाडीलाई पुनः स्याङ्जामा चार्जिङ गर्नुपर्ने रहेछ । यसो विचार गर्दा सार्वजनिक एलेक्ट्रिक गाडी प्रयोग गर्ने चार्जिङ स्टेसन आदिको  संरचनाको विकास अझै भइसकेको देखिन्न । त्यसैले मलाइ भने जाती लागेन । यात्रा प्रारम्भ ( पहिलो