Posts

Showing posts from September, 2024

डा नन्दुले सुल्झाएको गार्सिनियाको रहस्य ।

डा नन्दुले सुल्झाएको गार्सिनियाको रहस्य ।  । प्यारा टिक टक तथा सोसल मिडिया  स्टार साथीहरु । तपाईंलाई धेरै जनाले आफ्नो आदर्श मान्नुहुन्छ । धेरै जनाले विस्वास गर्नुहुन्छ । तर त्यो विस्वासले व्यक्तिको जीवन सकारात्मक परिवर्तन गर्नुपर्ने हुन्छ । कुनै पनि कुराको प्रचार गर्दा सो कुराको सम्पूर्ण ज्ञान लिएर मात्रै गर्नु उत्तम हुन्छ । तर हामी सबैजना अध्ययन भन्दा पनि गफ र लहै लहैमा बढी बहकिएको महसुस हुन्छ । हुन त असल कुराहरु समाजमा सजिलै  फैलिँदैनन् । केवल नकारात्मक कुराहरुप्रती  आकर्षण बढी हुन्छ । मैले लेख्न गइरहेको विषय अन्त्यसम्म पढ्न सक्नुभयो भने सायद तपाइँ फरक किसिमको व्यक्तित्व हुनुहुन्छ । अध्ययनलाई रुचाउनुहुन्छ । अचेल धेरै जनालाई दुब्लाउन मन लागेको छ । तौल बढ्नु खानपिनको समस्या हो । खाने समयमा आँखा नदेखिकन अधिक कार्बोहाइड्रेट खाने तर ज्यान चाहिँ "स्लिम " चाहिने ? यो चाहिँ कल्पनामा मात्रै हुन्छ ।एक पटक ज्यानमा बोसो ( Fat) जमिसकेपछि त्यो Fat cells बाट टुक्रेर हट्न निकै गार्हो हुने हुनाले समयमै व्यायाम र खानपिनको सन्तुलन मिलाउन पर्ने हुन्छ । मोटोपन घटाउनको लागि व्यक्तिले कुनै