Posts

Showing posts from August, 2024

टाइफाइड ज्वरो भन्दा Widal test को आतंक बढी।

टाइफाइड ज्वरो भन्दा Widal test को आतंक बढी। समाजको वास्तविक जरो भनेको चेतना रहेछ । चेतनाको जरो बलियो भयो भने शिक्षाको हाँगाविँगा जति बलियो भएपनि व्यवहारमा परिवर्तन नहुने रहेछ ।   मनुष्यको चेतनाशक्तिले कुनै पनि विषयलाई कसरी बुझ्ने गर्छ भन्ने कुरो निकै महत्वपूर्ण हुने रहेछ । गरिब मुलुकमा सरुवा रोगको निकै चाप थियो र छ पनि। सरसफाइमा कमी , शुद्ध पानीको अभाव ,  संक्रमित खानेपानी सबै सरुवा रोगको निम्ति कारक तत्व हुन् । तर कुनै रोग भने जति शुद्ध पानी खाने गरेपनि ज्वरो आउँदा टाइफाइड नै कहलिन्छ !! टाइफाइड भन्ने रोगको जरो  हाम्रो समाजमा निकै गहिरो र बलियो छ । धेरैलाई टाइफाइडबाट निकै डर लाग्ने गर्छ । डर नलागोस् पनि किन ? कतिका ज्यान गएको कुरो गाउँघरमा सुनेकै हो । धेरै सुनिने कुरामा टाइफाइडले त आन्द्रा नै प्वाल पार्ने गर्छ । टाउफाइडले त मस्तिष्क हानेर बहुलाहा गराउँछ । टाइफाइड निख्रेन भने हरेक महिना ज्वरो आउँछ । टाइफाइडले ज्यान सजिलै जान्छ । अझ सजिलो गरि भन्नुपर्दा गाउँघरमा ज्वरो भनेकै टाइफाइड हो । टाइफाइड भनेको "कुखत" हो । यस्तै यस्तै कुराहरु सुनिने गर्छ गाउँघर सहरबजारमा । टाइफाइडको