सबैका प्रिय डाक्टर ।
शीर्षक : सबैका प्रिय डाक्टर ।
डा शम्भु खनाल
फिजिसियन
कथा आजभन्दा दश वर्ष पुरानो हो । तर यो कथा अझैपनि बेलाबखत देख्न पाइन्छ । भोग्न पाइन्छ ।
त्यो बेलाको सलामी पानीको कथा आज Whole body check up को आग्रहमा मा देख्न पाइन्छ हरेक दिन ।
दश वर्ष अगाडिको म :
मनको अशान्ति अनुहारका कुनाकाप्चामा देखिने गरी मलिनता छाएको छ । बेखुसी ब्याप्त देखिन्छ । हिडाइमा सुस्तपन छ । अनुहार मात्रै देखाउन हो कि भन्ने गरी टाउको र दुबै कुमलाई पछ्याउराले सजाएर कुर्सिमा बस्छिन् एक अन्दाजी ३० बर्षिय महिला । पटुकाले पूरै पेट बेरेको छ । श्वास नै फेर्न गार्हो भए जस्तो गरी लामो सुस्केरा पनि सुनिन्छ । त्यही सुस्केरामा उनको सलामी पानीको (सलाइन ) आशा लुकेको छ ।
" डाक्टर बाबु । हाड्ज्वरो आम्च । गरम हुन्छ । केही गरी सितल गर्नुपर्यो " उनी आफ्नो ब्यथा पोख्छिन् । " पोहोर साल यहि बेला सलामी चडाएर सितल भाको । शरीरबाट पानी सकिएछ । सलामी चडाउनुपर्छ भन्थे डाक्टरले । " यस्तो कथा सुन्ने बानी परेको त पत्तै भएनछ मलाई । पहिले जस्तो प्रतिक्रिया नै आउन छाडिसकेछ । फेरी अर्को सलामिको गहिरो जरो बसेको बिरामी आयो भनेर जांगर नलाई नलाई फर्किएर उनको नाडी छाम्छु । आफ्ना शब्दहरु खर्चिन मन लाग्दैन मलाई । खै किन हो जांगर नै लोप भइसकेछ । पहिले यस्ता कथा सुन्दा सुन्दा र सल्लाहा दिँदा दिँदा जाङर भन्ने कुरा लोपोन्मुख थियो । अब पुरै लोप भएछ भनेर आश्चर्य लागेन मलाई । आफ्नै बसाइ पनि त्यती सहज नभएकोमा सलामीको शितलताको कथा सुनेर बेलाबखतमा सोचमग्न हुने गर्छु म ।
पूरानो काठको कुर्सी छ । अढेस लाउँदा ढाडमा बिजाउँछ । बस्दा बस्दा पुठा दुख्छन् । हात राख्दा कुर्सिको घेरबारमा ठोक्किन्छ । बिरामी बस्छन् टुलमा । यसो फर्केर जाँच्न लाग्दा शरीर नै बाँगो हुन्छ । अनी घर्याक्क् पारेर लतार्छु र मोड्छु कुर्सिलाई । के गर्नु ? घुम्ने कुर्सी त मेडिकल अधिक्रितको सुबिधामा पर्दो रहेनछ । किनकी कसैले ठट्टा गरेर हो कि साँचै हो बत्तीस दाँत ङिच देखाउँदै भनेका थिए " डाक्साप निदाउनुन्छ कि भनेर तपाईंलाई घुम्ने कुर्सी भन्दा काठको कुर्सी बेस हुन्छ भनेर त्यस्तो राखेको हो । " यस पटक भने मैले कुर्सी मोडिन । टाउकोमात्र घुमाएर कुरो सुनेजस्तो गरेँ । काठकै कुर्सिमा पनि हाइ आउन लाग्यो
।
यो देखेको भए त त्यहि कुर्सी पनि हटाएर टुल राख्थे होला ति सज्जनले ! यो कुरा मनमा खेल्दै गर्दा सलामिको महिमा सुनाउँदै गरेकी महिलातिर ध्यान मोडिन्छ । कती कुरा त छुटी सकेछन् । " ........ हरेक बर्ष शरीरबाट पानी सकिन्छ । हाम्ची रेचार्ज गर्नुपर्छ । भित्री ज्वरो पनि सितल हुन्छ । सलामी चडाएपछि तागत लाग्छ । शरीर तंग्रिन्छ । जाङर बड्छ । ......." त्यो महिमा सुन्दै गर्दा कमी थियो त शेष नागको मात्र ।
" शरीरबाट पानी सकिन त पखाला ,बमन ,धपडी आदि हुनपर्यो । पानी कम पिएर हो । सलामि भन्दा पानी पिउनु नाम्रो हो । प्रेस्सर नाडीको गति सबै राम्रो छ । ..... । " भनेर एक बचन बोली फुट्नै आँटेको थियो । बिचमै रोकियो । बिगतका अनुभवहरु स्मृतिमा आउन लागे । त्यो भन्यो भने त बेखुस अनुहारमा कता कता बाँकी रहेको कान्ति पनि उडेर गएको धेरैपटक देखेको छु । नैराश्यता छाएको देखेको छु । असन्तुस्ट सेवाग्राहीको सँख्या बढ्दै गएर संस्थामा उपचार गर्न अाउनै छाडेको अनुभव गरेको छु । " कस्तो डाक्टर आएछन् । पहिलेकोले त चडाइदिन्थ्यो । कस्तो गतिला थिए तिनी । हाम्ची पैसा पनि खोज्दैनथे । ........ " आदि जस्ता सेवाग्राहीका प्रतिक्रिया स्मरणमा तुफानसरी आउँछ । आफ्नै इज्जत राख्न सकिने सलामीको आग्रहलाई नकारेर लामो समयदेखि आफू जनसमाजको आँखाको तारो भएको भान हुन थाल्यो । गाउँमा त सबैलाई सलामी चाडाइदिए चुनाव पनि जितिन्छ कि जस्तो लाग्यो ।
मेरा सहकर्मि साथी भर्खरै नियुक्ति भएर गाउँतिर धकेलिएर आइपुगेका छन्। उनी र मसँगै बिरामी हेर्छौँ । अरु बेला धेरै शब्द बक्ने मैले ति महिलामा मितब्यायिता अप्नाएको देखेर उनी छक्क पर्छन् । उनलाई पनि बिरामीको यो सलामिको आग्रह चित्त नबुझेको प्रस्ट देखिन्छ । त्यस्तो किसिमको आग्रहलाई अनेक तरिकाले बुझाउने जमर्कोमा हुन्छन् । यस्तो मानसिकता केही परिवर्तन नै गर्छु भन्ने जोस छ उसमा । कुन दिन जोश सेलाएर म जस्तै प्रतिकृयाशून्य हुने हो भन्ने एकिन छैन । कुनै बेला यो असफल प्रयास नगर्ने सुझाब दिन मन लाग्छ । तर आँफैले निचोड निकालेको अझै राम्रो होला भनेर रोकतोक गर्दिन । नगरपालिकामा पोस्टिङ् परेछ भनेर खुशीले बत्तिदै आएको केही दिनमै दुर्गम नगरपालिका भोगेर निराश भएका थिए । जुनाकिरीजस्तो झिप्पझिप्प बत्ती ,खोलामा नित्य शावर , डाँडामा उक्लेपछि मात्रै तंग्रिने नेट्वोर्क भोगेर निराश मेरा साथी बिरामीको उपचारमा पनि निराश हुन्छन् कि भन्ने गहिरो पीर छ मलाई ।
धेरै समय सलामीको बिरामीमा नअल्मलिने निधो गरेर पर्चामा सलामी चडाउने आग्रहलाई उतारी सलामीको लागि मेरा अर्का कर्मचारी साथीलाई भनेँ । त्यति सुन्दा बित्तिकै उनको अनुहारमा निभ्नै लागेको कान्ति फेरी जागेर आयो । अनुहारमा खुशीका रेखाहरु दौडिन लागे । ओठले दबिएको मुस्कान फिजार्यो । । जाङर बढेर होला टुलमा अलि चनाखो भएर बसिन् । अनि जुरुक्क उठेर सलामी चडाउने एमेर्जन्सी कोठातिर लागिन् । सायद सलामीले गर्दा म उनको आँखाको नानी भएँ । आहा ! कहिलेकाँहि त सही सल्लाह नदिएर नै प्यारो भइने !
सलामी सकिएपछि उनी सिस्टाचार निभाउन आइन् । विदावारी मागेर फेरि तीन महिनामा आउने वचन दिएर निस्किन् । कस्तो अचम्म ! यो सलामी पनि तीन महिने सुइजस्तो रहेछ उनको लागि । मेरो मौन स्विकृति पाएर उनी हर्षित थिइन् । एउटा अर्को ब्यक्तिको नजरमा म प्यारो साबित भएँ । मौन स्विकृति नदिएर पनि उपाय छैन । एक्लै बिचारको युद्ध जित्न सकिन्न । जनभ्रमको निरन्तरतालाई टेवा दिएँ कि सेवाग्राहीको सेवा गरेँ भन्ने कुरामा भने दुविधा भयो । शायद चुनाव जित्ने दाउ पनि यस्तै हुँदो हो भन्ने लाग्छ ।
आजको मैदानमा म :
आज पनि सलामी पानीको कथासँग मिल्दोजुल्दो छ - Whole body check up. यो यति धेरै व्याप्त छ कि यसको जरो हल्लाउन सानोतिनो प्रयासले हुँदैन । एक जना भद्र भलाद्मी ओ पि डि को कुर्सीमा टुसुक्क बस्नुहुन्छ । हेर्दा पढे लेखेको जान्ने बुझ्ने देखिनुहुन्छ । भन्नुहुन्छ - होल बडी चेक अप गर्नुपर्यो । । शुरु शुरुमा यस्तो आग्रह मलाई ठिक लाग्दैनथ्यो । किनभने समस्या केलाएर मात्रै अगाडि बढ्ने बानी विकास भएको थियो । त्यसैले समस्याको जरो बुझ्न खोजी गर्थेँ । तर बारम्बार एउटै आग्रह दोहोरिने गर्छ- होल बडी चेक अप । सो क्रममा धैर्यताका बाँध टुटेर चर्काचर्की पनि पर्ने रहेछ । कहिलेकाहीँ लाग्छ " यहाँ लक्षण, रोग सबै गौण हुन् । केवल रिपोर्ट सर्वोपरि हुन् । "
उहाँले भनेजस्तै सबै जाचहरु लेख्ने बित्तिकै अनुहारमा रौनक आउँछ । खुसी छाउने गर्छ ।
उदाहरणको लागि टाउको दुखेको कारण पत्ता लगाउन Whole body check up को आदेश दिन्छन् बिरामीले । त्यो टाउको दुखाइको प्रकृति र रोगको निदान गर्नको निम्ति चिकित्सकले सोध्न पर्ने केही आठ दस वटा प्रश्नहरु सुन्ने र उत्तर दिने पनि धैर्यता हुँदैन । सबैलाई छिटो भन्दा छिटो सबै रगत जाँच र टाउकोको सिटि स्क्यान गर्नुपर्ने दबाब हुन्छ ।
आत्तिने समस्या, चिन्ता रोग, डिप्रेसन आदिका बिरामीहरु पनि प्रश्न र समस्याको विस्तार भन्न अधैर्य हुन्छन्। सोध्ने क्रममा होल बडि चेक अपको डिमान्ड तीन चार पटक आउने गर्छ। कुरा बुझाउन पनि गार्हो हुन्छ । कुरा सुन्न पनि तयार हुँदैनन्। मनको रोग त मनोरोग चिकित्सकलाई भेट्नुपर्ने हुन्छ । त्यो ल्याब रिपोर्टमा त देखिँदैन नि ।
कुनै अर्को पेशाको व्यक्तिलाई आफै यस्तो गर्ने र उस्तो गर्ने भनेर भन्यो भने त्यो व्यक्तिलाई झिझो लाग्ला कि नलाग्ला ? सबै जनालाई आफ्नो समस्या, उपचारआदिको बारेमा बुझ्ने अधिकार हुन्छ । तर आफै पहिले नै दिमागमा सबै टेस्ट गराउने भनेर दिमाग भरेर आउँदा वास्तविक समस्याको चुरोमा नपुग्ने हुन सक्छ । लक्षण अनुसार, उमेर अनुसार गर्नुपर्ने जाँचहरु हुन्छन् । र आफ्नो स्वास्थ्य स्थिति थाह पाउन गरिने नियमित जाँचहरु पनि हुन्छन् । तर यो ख्याती प्राप्त Whole body check up को कुनै दायरा नै छैन । त्यस्तो दायरा नभएको कुराले कसरी सम्पुर्ण शरीरको अवस्था थाह पाउन सकिन्छ र !!
सेवाग्राहीले शरीर सबै चेक गर्ने आदेश दिने गर्छन् । त्यो आदेशजस्तै नै हुने गर्छ । किनभने कसैले केही प्रश्नहरु सुन्न धैर्य नै गर्दैनन्। केवल ल्याब टेस्टहरुको रटान हुने गर्छ । सायद चिकित्सकले ( मैले) ती सबै घरबाट निस्किने समयमा दिमागमा पुर्व निर्धारित गरेका टेस्टहरु नगरी पठाइदिन्छन् कि भन्ने चिन्ता हुँदो हो । कुनै तर्क दिएर ल्याब टेस्टहरु परिवर्तन गरियो भने नाक खुम्चाएर बाहिर जान्छन् । अर्को सहज र गतिला चिकित्सक खोज्दै । सबै भनेजस्तै औषधि सारिदिने , लेखिदिने । टेस्ट पनि भनेजस्तै लेखिदिने प्रिय चिकित्सक खोज्दै हिँड्ने गर्छन् ।
जे होस् कसैलाई बेखुस नगरेमा आफैलाई चयन हुने गर्छ । जसले जे जस्तो जाँच गर्ने आदेश दिने गर्छन् , त्यस्तै जाँच लेखिदिएमा सबैको प्रिय डाक्टर भइन्छ । असल डाक्टर बनिन्छ । विशिष्ट डाक्टर बन्न सकिन्छ । यस्तो दिव्य ज्ञान प्राप्त गरेकोमा २०८१ साल नै सफल हुने मानेको छु । र सहकर्मी साथीहरुलाई पनि यो दिव्य ज्ञान अवलम्बन गर्न सुझाब दिन्छु । यस्तो गरेमा जीवन मधुवन बन्छ । whole body check up गर्ने जनताको मौलिक अधिकार बिमाले सुरक्षित गरिएको हो भने त्यसमा धेरै चिकित्सकिय नियम विनियम निर्देशिका लागू गर्न ठीक नहुने देख्छु ! सायद अब म पनि सबैको प्रिय डाक्टर बन्छु ।
सर्वेभवन्तु सुखिन: ।
सलामी पानी , होल बडि चेक अप सबै प्रिय चिकित्सक हुने माध्यम हुन् भन्ने कुरामा आपत्ती छैन ।
( डा खनाल लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत छन् )

Comments
Post a Comment