सबैका प्रिय डाक्टर ।
शीर्षक : सबैका प्रिय डाक्टर । डा शम्भु खनाल फिजिसियन कथा आजभन्दा दश वर्ष पुरानो हो । तर यो कथा अझैपनि बेलाबखत देख्न पाइन्छ । भोग्न पाइन्छ । त्यो बेलाको सलामी पानीको कथा आज Whole body check up को आग्रहमा मा देख्न पाइन्छ हरेक दिन । दश वर्ष अगाडिको म : मनको अशान्ति अनुहारका कुनाकाप्चामा देखिने गरी मलिनता छाएको छ । बेखुसी ब्याप्त देखिन्छ । हिडाइमा सुस्तपन छ । अनुहार मात्रै देखाउन हो कि भन्ने गरी टाउको र दुबै कुमलाई पछ्याउराले सजाएर कुर्सिमा बस्छिन् एक अन्दाजी ३० बर्षिय महिला । पटुकाले पूरै पेट बेरेको छ । श्वास नै फेर्न गार्हो भए जस्तो गरी लामो सुस्केरा पनि सुनिन्छ । त्यही सुस्केरामा उनको सलामी पानीको (सलाइन ) आशा लुकेको छ । " डाक्टर बाबु । हाड्ज्वरो आम्च । गरम हुन्छ । केही गरी सितल गर्नुपर्यो " उनी आफ्नो ब्यथा पोख्छिन् । " पोहोर साल यहि बेला सलामी चडाएर सितल भाको । शरीरबाट पानी सकिएछ । सलामी चडाउनुपर्छ भन्थे डाक्टरले । " यस्तो कथा सुन्ने बानी परेको त पत्तै भ...