Posts

Showing posts from July, 2023

पहुँच के हो - दुरी वा चेतना ?

Image
पहुँच के हो - दुरी वा चेतना ? के दुरी नै हो त पहुँच नहुनुको समस्या ? एउटै घरभित्र बस्ने व्यक्तिहरुमा दुरी कम त हुन्छ , तर आत्मीयताले कोशौँ टाढा हुन सक्छ । व्यक्तिको घर दैलो आँगनमा स्वास्थ्य संस्था हुन त सक्छ तर उसैलाई ठूलो समस्याग्रस्त रोग लाग्न सक्छ । दुर्गमता भौगोलिक मात्रै हुँदैन । व्यक्तिको चेतनाले पनि सेवालाई दुर्गम बनाउने गर्छ । जहाँ चेतनाको कमी हुन्छ त्यहाँ सेवाप्रवाहले मात्रै कार्य पुर्ण हुँदैन । सेवा लिन पनि चेतनाको आवस्यकता हुन्छ । झट्ट हेर्दा १०-१२ वर्षकी , ज्यान मोटाएको , गोलो अनुहार, फुक्क फुलेको पेट भएकी छोरीलाई उसकी आमाले पिठ्युँमा बोकेर ओ पि डि प्रवेश गर्छिन् । टुलमा राख्छिन् । बच्चाको ओ पि डि मा जानुपर्नेलाई झुक्केर फेरि यता ल्याएछन् भनेर टिकेटमा नाम र उमेर हेर्छु । तीन पटक त्यो नानीलाई र कार्डमा लेखेको विवरण तुलना गर्न खोज्छु । पत्याउन गार्हो हुन्छ । किन्चित पत्यार नै लाग्दैन , ती आमाले आफ्नी २४ वर्षकी छोरीलाई अस्पताल ल्याएकी हुन्  भनेर । उनको बालपन कहिले आयो  र कहिले सकियो !! उनको किशोरावस्था कहिले फक्रियो र कहिले जवान भइन् !!  उनका साथीहरु वयस्क छन...