मृगौला रोगको एउटा गोठालो यात्रा
मृगौला रोगको एउटा गोठालो यात्रा । मनुष्य जीवनको सार उद्देस्य बाँच्नु मात्रै हो वा कर्तव्य निर्वाह गर्नु हो ? सन्तुष्टिको मुल स्रोत कहाँ हुन्छ ? व्यक्तिको कुन अहम् पूरा भएपस्चात भागिरहने मन चङ्गा हुने हो ? त्यसैले त भनिन्छ, सन्तुष्टिको सिमा रेखा हुँदैन। त्यो रेखा मनले कोर्ने रेखा हो । लुम्बिनी प्रादेशिक अस्पतालको गेटमा एक जना अधबैंसे महिला थिलथिलिएको व्हिल चियरमा बसेका आफ्ना थलिएका श्रीमानलाई हतारहतार गर्दै भित्र प्रवेश गर्दै छिन् । त्यो दृश्यमा मेरा आँखा उनको च्यातिन लागेको चप्पल , रौनक हराएको चेहरा र उमेर नहुँदै जीर्ण भएका श्रीमानमा पर्छ । उनको शरीर भर्खरै अगेनाको खारानीले धोइसिएको जस्तो देखिन्छ । ती दम्पतीको यात्रा डायलाइसिस भवनतिर हुनपर्छ भनेर अनुमान लगाउन सकिन्छ । स्पष्ट हुनका लागि मैले सोध्छु , " आमा ,कता जान लाग्नुभएको ? " उनले भन्छिन् , " डैलाइसिस गर्ने पालो हो। समय कटेपछी पाइन्न । अबेर भयो। " उनको पछि पछि हिँड्दै गर्दा मान्छेको बाँच्ने इच्छा र सम्भावित मृत्युुमा हुने सङ्घर्ष पनि साथमा हिँडेको आभास हुन्छ । मैले सोध्छु ," कहिलेबाट हो ? "