भ्युटावरबाट नदेखिने अँध्यारो ।
हुन त गर्भअवस्था र सुत्केरी हेर्न नपर्ने भएको ४ वर्ष बितिसकेछ । तर जिल्ला अस्पतालहरुमा काम गर्दाको अनुभवहरु भने समाचार आदिमा कुरा सुन्दा बेला बेला सम्झना हुने गर्छ । राष्ट्रले जति फड्को मारेको गफ दिए पनि कुनाकुनामा चेतनाको दियो अझै बल्न सकेको छैन । चेतनामा फड्को नमारेसम्म सबै कार्यक्रमहरु विफल हुने गर्छन् । डोल्पाको दुनै बजार डोल्पाको सदरमुकाम हो । त्यहाँ एउटा जिल्ला अस्पताल रहेको छ । ढुङा र सिमेन्टले बनेको अस्पताल । वरपरका गाउँहरु जाने बाटो कच्ची नै छन् । कति गाउँसम्म एम्बुलेन्स आदि केहि पनि जाँदैनन् । विजुली बत्ती छ । तर कयौ पटक टर्च बालेर उपचार गर्नुपर्छ । किनभने बत्ती गएपछी फेरि आउन धेरै दिन लाग्छ । अस्पतालको जेनेरेटर बिग्रेको मर्मत गर्न प्रशासनिक झन्झटले रोकिरहन्छ । जनसंख्या नै पातलो हुनाले विरामी कम आउँछन । तर जटिल आउने गर्छन् । सानातिना समस्या त मान्छेले यत्तिकै पचाउने बानी परेको जो छ त्यहाँ ! त्यहाँको विषेशता के छ भन्दा बिरामी आउँदा शरीरको रोग मात्रै लिएर आउँदैनन्। साथमा सामाजिक अन्धविश्वासको रोग पनि लिएर आउने गर्छन् । यस्तै दुख सुखका विचमा सेवा दिने क्रममा केहो समय पहिले