उनको रिप्लाइ ।
शिष्टाचार र मनको खेल । कसैले आफुलाई वास्ता गरेको छैन भने कुरा गरिरहन मुनासिव हुँदैन । उनले पनि मलाई कत्ती वास्ता गरिनन्। फोन नम्बर सम्म दिन अप्ठ्यारो मान्नेसँग कुरा गर्ने मन त हुँदैन । सधैं आफै कुरा गर्ने प्रायास गर्नुले एकतर्फी प्रयासको विफलता जनाउँछ । त्यसैले म लागिरहन मन हुँदैन । उनको भाग्यमा अरु नै कसैको स्थान लेखिएको हुनपर्छ भनेर मेसेज गरिन। उनीसँग नबोल्ने निश्चय दृढ भयो मेरो । दुई दिन बित्यो, उनको कुनै खबर आएन । समय मिलेन भनेर सोच्ने हो भने सानो मेसेज गर्न कति नै समय लाग्ने थियो र ! वास्तविकतामा भन्नुपर्दा म कुनै प्राथमिकतामा परिन । म पनि अब आफ्नो कामको सुरमा लागिसकेको थिएँ । मनमा विचार आयो । " कोही मान्छे किन हेर्दा मनले खान्छ तर व्यवहारमा मिल्दैन । व्यवहार कति राम्रो भएको मान्छे आकर्षक नहुने हुन सक्छ । मन नै वैरी हो । आकर्षण नभएसम्म मन पग्लिन्न । मनको आकर्षण हुन लामो समय साथमा संगत गर्नुपर्छ होला। त्यसपछि न कपाल न शरीर न अनुहार। वास्तवमा व्यवहारको मात्रै हिसाब हुन्छ । यो हिसाब गर्न दिमागले कहिल्यै नछोड्ने नै होला है । " तर यहाँ उनको मनला...