सोफामा एक महिना ।
..................... स्वास्थ्य मन्त्रालयको प्रशासन शाखा बाहिर सेवाग्राहीको लागि भनेर एउटा सोफा राखिएको छ । पहिले पहिले काठको कुर्सी हुन्थ्यो । अचेल भुइँ भित्ता र फर्निचर सबै उन्नत भएछन् । समग्र देशको स्वास्थ्य मात्रै होला उन्नति नभएको ! एउटा उपन्यास हातमा लिएर बसेको छु कुर्ने समय बिताउनलाई । दुई चार पाना पढ्छु । फेरि भित्र हेर्छु । कतै मेरै काम पो गर्न लागेका छन् कि भन्ने आशमा ! तुकविना कुर्नु निकै पीडादायक हुन्छ । त्यो छट्पटी काम गर्न नपाउँदा खट्पटी हुने व्यक्तिले राम्ररी बुझ्न सक्छ । सधैंजस्तो कर्मचारी आउनेजाने क्रम चलिरहन्छ। कसैका हातमा फाइल छन् । कसैका हात रित्तो छ । चिनेको कोहि छैन । सबैका घाँटीमा परिचयपत्र झुन्डिएको छ । त्यसले नाम, वतन र पोस्टको परिचय आधिकारिक दिन्छ । तर व्यवहारको परिचय भने दिँदैन त्यसले । त्यस्तैमा एक जना चिनेजस्तो लाग्ने भर्खर जुँगाको रेखी बसेको दुब्लो जिउडालको युवक मेरो नजिक आइपुग्छ । मेरो छेउमा बस्न इशाराले अनुमति माग्छ । र थचक्क बस्छ । म चिन्न सक्दिन उसलाई । बोल्न सुरु गर्छ " दाइ । मलाई हजुरले पक्कै चिन्नुभएन । म हजुरको छिमेकी कृष्ण अन्कलको