ब्रह्मजीलाई फुर्सद ।
ब्रह्मजीलाई फुर्सद हुँदा । कुनै कुराले असाध्यै मन खाँदा त्यो प्राप्त गर्ने हुटहुटि सबैलाई जाग्दो होला । मलाई दर्शनको पुस्तकहरुले निकै मन खाने गर्छन्। आध्यात्मिक चिन्तनको बहसमा सहभागी हुन मेरो मन आफै डोरिन्छ । पुस्तक, कार्यक्रम , वस्तु आदिले मन खाँदा हरसम्भव प्राप्त गर्न प्रयास गरिन्छ । त्यो प्राप्तिमा सफल नहुँदा त मन खिन्न हुन्छ भने जीवन यात्रामा कोही मन खाएको व्यक्ति आफूसँग नहुँदा कति छट्पटी हुन्छ होला है ! त्यसमा पनि नैसर्गिक रोजाइले चिताएको विशेष साथीले मन चोरेर लैजाँदा कस्ता मिठा भाव प्रस्फुरण हुन्छन् होला ? तर मिलन नहुँदै छुट्टिनु पर्ने बाध्यता भएका दु:खी मन अत्ति नै पिर्छ होला है ? जीवनको कुनै समयमा यी प्रश्नका उत्तर आफै नै बन्नुपर्ने दिन आउँदा मनको भाव छताछुल्ल पोखिन खोज्छ नै । यस्तो दुर्लभै पग्लिने आफ्नै मनप्रति नमन छ मेरो । भाग्यमानीलाई मात्रै कुनै मनोवादविना आफ्नो मन कसैप्रति पूर्ण आत्मसमर्पण गरेको अनुभव हुन्छ । उनले मेरो मन खाएको दिन पनि त्यस्तै नतमस्तक भएको थिएँ । मेरा सबै अडकलवाजीमा मात्रै सिमित हुने र चलचित्रका पर्दामा देखिने प्रेमिल भावनाहरु एकाएक यथार्थ