बेड न. ५२ को एक वर्ष ।
गएको मङ्सिर १७ गते १ वर्ष बितेछ । जन्मदिन आदि हुँदो हो त हर्ष उल्लास हुन्थ्यो होला माहोल । तर रोगको उपचार गर्न अस्पताल सैयामा बसेको १ वर्ष भयो। दशैँ तिहार आदि सबै चाड्पर्व आए र जिस्काउँदै गए । हरेक दिन बिहान डाक्टरहरु आउँछन् । " के छ महेश ? " भन्दै सोध्ने गर्छन् । कहिले मुसुक्क हाँस्दै जिस्काउँछन । कहिले गम्भीर हुन्छन् । ज्वरो आउँदा धेरै गम्भीर हुन्छन् । ज्वरो निको नहुँदा जाँच गर्न नशाहरुबाट रगत निकाल्न पर्छ भन्ने थाहा छ उसलाई। त्यसैले डाक्टरले सोध्ने बेलामा ज्वरो आएको छैन भन्दिन्छ महेशले । सबै डाक्टर र नर्सले उसलाई चिन्छन् । उसलाई नचिन्ने डाक्टर र नर्स पनि कोहि छैनन् होला । कसका हात कोमला छन् , कसको बोली मीठो छ आदि सबै कुरा उसले अनुमान लगाएको छ । बेलाबेला जिस्किँदै भन्ने पनि गर्छ । " डिजे डाक्टरको हात कोमल छ । " हात खुट्टाका नशाले चिसोतातो थाहा नपाउने ,दुखेको थाहा नपाउने,खुट्टा कमजोरीले गर्दा हिंड्न् नसक्ने रोग लागेर हेरचाह विना बसेको महेशलाई १ वर्ष अगाडि भर्ना गर्दा पनि समय लागेको थियो । ज्वरो र घाउले गलेको जीर्ण शरिर, पिन्चे...