न आवास न आवाज ।
एक आवासीय चिकित्सक जसको आवास र आवाज दुवै छैन । पढ्न सुरु गरेको दिन मलाई थाहा थिएन आवासीयको अर्थ । विस्तारै थाहा भयो आवासीय भनेको अस्पताल परिसरभित्र आवासमा बस्ने व्यवस्था भई बिरामीको उपचारमा मात्रै तल्लीन हुनेलाई भनिन्छ । आवासको खड्को जहिले महसुस भए पनि हालको विषम परिस्थितिमा उदाङ्ग भएको छ । मेरो १० बर्ष अगाडि सुरु भएको मेडिकल शिक्षाको यात्रा त अझै सकिएको छैन । प्रवेश गर्नु नै कतै भुल त थिएन भनेर महसुस नगर्ने सायद कमै होलान् । किन अतिरन्जित गरियो त यो पेशालाई ? त्यसको बिश्लेषणको जिम्मा नेपाली अभिभावकलाई नै छोड्छु । जतिसुकै आकर्षक बजेट नीति नियम ल्याउन खोजिएपनि कार्य सम्पादन गर्ने स्वास्थ्यकर्मीलाई भने कहिल्यै समेटिएन । उदारता कहिल्यै महसुस भएको छैन । छिमेकीको बारीको अनाज राम्रो देखिन्छ भनेर भन्न सक्लान् ।वास्तविकतामा यो पेशामा उचित सम्मान कत्ति हुन सकेको छैन । न सुबिधामा न सुरक्षामा । वर्तमानको कुरा हाल व्यापक आगो सल्केजस्तै सल्किरहेको कोभिडको सम्बन्धमा अर्को चुनौती थपिएको छ । आवासको चुनौती । आवासको व्यवस्थालाई व्यवास्ता गरिदै आएको त पक्कै हो । नभए बिसौँ वर्षसम्म पनि आवास नबन