कोभिड १९ ले देखाएको धरातल ।
कोभिड १९ ले देखाएको हाम्रो धरातल । समयले जेष्ठ महिना २०७७ मा टेकेको छ । एउटा सुक्ष्म भाइरसले विस्वलाई जिस्काइरहेको छ । कतै तड्पाइरहेको छ । कतै आजित बनाएको छ । कतै भने छोड्ने क्रममा छ । कोभिड १९ नामक त्यो भाइरस विश्व भ्रमणमा निस्किँएर नेपालमा पनि प्रवेश गरेको पनि ३ महिना बितिसकेको छ । मान्छेहरुको आवतजावत कम देखिन्छ बाटोमा । लकडाउन भन्ने गरेका छन् जतासुकै भाइरसबाट बच्नलाई । गाडी चलेका छैनन् । हवाइ सेवा पनि बन्द छन् । हतास देखिन्छन् प्रशासनिक निकायहरु । त्रसित देखिन्छन् आम मानिसहरु । लड्दै छन् स्वास्थ्यकर्मी । चुनौतीपुर्ण अवस्था छ सम्पुर्ण विश्वलाई । स्वास्थ्यकर्मी पुरै तनावग्रस्त छन् । कतिलाई त भाइरसले समातिसकेको पनि छ । कोहि अरुको लागि युद्ध गर्दै छन् । कोहि आफ्नै जीवन धान्नका लागि युद्ध गर्दै छन् आइ सि युमा ।स्वास्थ्यको विज्ञता एकै दिनमा खोजेर पढेर सिकेर ल्याउन सकिने कुरो भएन । जति स्वास्थ्यकर्मी कार्यरत छन् त्यो भन्दा रातारात बढी उत्पादन हुने कुरा पनि भएन । सार्है...