अप्रिय अंक १००० ।
आत्मा ,पशुपतिनाथ र १००० अंक । जन्मेसँगै नछुट्टिने नातो लगाएको मृत्यु आज घुमिरहेको छ ६०८ न. क्याबिन वरपर । यमपास लिएर कुरिरहेका जस्तो लाग्छन् यमदुतहरु । द्वन्द चलिरहेको छ डाक्टर र यमदुतहरुको बीचमा । जित्ने प्रयासमा दुबै तत्पर देखिन्छन् । दया नभएका दूतहरु कुनै कसर छोड्ने संकेत देखिँदैन । केही दिन देखि समस्या उत्पन्न भैरहेका छन् खड्गको शरीरमा । नाम मात्र खड्ग । ब्यवहार भने शान्त क्रोधबिहीन । अङ्रेजीमा भन्नुपर्दा ” क्युट “ । तर शरीरमा रोग भने खड्गस्वरुप । भैरवस्वरुप । उछिट्टो खन्ने । रक्त क्यान्सरको रोग । रक्तकोषिकाहरु बिकृत भएको अवस्था । ती सबै आफ्नो बोनम्यारोको सन्स्कार भुलेर स्वच्छ्न्द भएको अवस्था । धेरै स्वच्छन्द किन भएको होलान् तिनीहरु ? ति रक्तकोषिकाहरुले आफ्नो संंस्कार भुलेर निकै दु:ख दिन्छन् शरीरलाई । उमेर छँदै कति छिटो जवानी चढेको होला ! मात्र ४४ बर्षको उमेरमा अराजक ति बदमास निर्लज्ज रक्तकोषिका...