Make your destiny. Or else someone will hire you to make theirs.
Posts
Showing posts from October, 2019
देवघाट ,पेरिस, प्रिय साथी र म ।
- Get link
- X
- Other Apps
देवघाट ,पेरिस, प्रिय साथी र म । आकाश त शून्य हुन्छ भनिन्छ । कुनै सिमा पनि हुँदैन आकाशको । वायुमण्डलका पत्रहरु भने हुन्छ भन्छन् वैज्ञानिक । पराबैजनी किरणबाट सुरक्षा दिने पनि पत्र हुन्छ । ओजोनको पत्र । औधोगिक क्रान्तिसँग नष्ट हुँदै गएको त्यो अभागी पत्र हो । धर्ती त्यसको पीडित पात्र । र मनुष्यजाति त्यसको एक मात्र दोषी पात्र। दसैंको टिकाको दिन देवघाटको लागि प्रस्थान गरेको थिएँ । चितवन पुग्न ५ घण्टा लाग्यो । यस्तो लाग्यो बसमा केवल ब्रेक मात्रै छ । यसलेरेटर छैन । हाम्रो देशको विकासको गाडीजस्तो । पूरै निरस यात्रा । त्यहाँ पुग्दा बेस्मरी पानी परिरहेको थियो । मुसल्धारे पानी । पानीले सबैलाई पिटिरहेको थियो । भर्खर पिच गरिएको बाटोलाई । त्यही बाटोमा हिँडिरहेका कार ,अटो रिक्सा आदिलाई । मसँग त्यो शक्ति सहने क्षमता थिएन । त्यसैले म ओत् लागेँ एउटा औषधी पसलको छनोमुनि । त्यसैगरी धेरै जना निरिह थिएँ । म मात्र एक्लै नभएकोमा खुशी पनि लाग्यो । मनुष्य स्वभाव । दु:खमा पर्दा अरु पनि दुखी देख्दा आफ्नो मनले आड पाउने । नभए त सुखमा कहाँ अरुलाई खोजिन्छ र !