साइत मिलेका बिरामी ।
साइतका बिरामी । आजसम्म बिहान उठेर नित्य कर्मस्थलमा जान मन नलाग्ने दिनहरु धेरै भए । बिरक्त लाग्दा दिनहरु । मन भए पनि नभएपनि जानु त छ नै । त्यही मानिसहरुको भिडमा । यो कुनै हाट बजारमा लाग्ने भिड भने हैन । मेला पनि हैन । यो सबै दुखी मनहरुको भिड हो । नेपाल भरीका पीडित शरीर र मनहरुको केन्द्रबिन्दु । शरीर थला परेपछि मात्रै पुगिने ठाउँ । जीवनमा कहिल्यै जान नपरे भाग्यमानी भइने ठाउँ । त्यो हो अस्पताल एमर्जेन्सी । सबैका निम्ती आफ्नै बिरामी एमर्जेन्सी । दुई चार दिन एमर्जेन्सी कक्षको बास प्राय् ९० प्रतिशत बिरामीका कथा होलान् । भर्ना हुन कुर्नुपर्ने हुँदा कतिजना हार खाने ठाउँ । कति यस्तै रहेछ भनेर पचाउने ठाउँ । कतिजना कहिले रहेछ भर्ना गर्ने भनेर अचम्मित पर्ने ठाउँ । कति एक दिन त पालो अाउला भन्दै आश गर्ने ठाउँ । कति बाठाजनहरु गोरु बेचेको नातो लगाएर भन्सुनको प्रयास गर्ने ठाउँ । कतिजना सेतो कोट लगाएका सबैलाई झन्झट नै लाग्ने गरी भर्ना कहिले भन्दै सोध्ने ठाउँ । सबैजनाको एउटै उत्तर “ बेड खाली भएपछि ” । त्यतिन्जेल सम्म एउटै बेड्मा तीनजना मिलेर बस्नुपर्ने बाध्यता