धनको मुहार देख्ने डाक्टर ।
धनका मुहार । जीवन एक भोगाइ हो । कथा सबैका फरक छन् । समग्रमा भने समस्या एउटै हुन सक्छ । प्रचुर कथावस्तुले घेरेको चिकित्सा जीवन र पेसामा हरेक दिन एउटा फरक कथा भेटिन्छ । सबै प्रकारका कथा । स्वास्थ्य समस्याका कथा । त्योसँग जोडीएको सामाज र अर्थ बिज्ञानका कथा । रहरले अस्पताल प्रबेश गर्दैन कुनै मनुश्य । आँफै बिरामी कि त आफन्तजन बिरामी भएर नै प्रबेश गर्ने हो । अस्पातलको बातावरणमा दु:खको भाव प्रचुर हुन्छ भन्नु गलत नहोला । बातावरणले ब्यक्तिको मनोभाव प्रभाब पार्छ भन्ने सर्बमान्य कथनलाइ मान्ने हो भने दुखी बातावरणको प्रभाव संलग्न सेवा प्रदायकलाई त पर्छ नै । के त्यसैले होला त “ डाक्टरलाई घायल आत्माहरु ” भनिएको ? स्वास्थ्य नै ठुलो धन हो भनेर सानैदेखि पढ्दै आएको कुरा । अहिले आफ्नै सामु साक्ष्यात्कार गर्न पाइन्छ । देख्न पाइन्छ । अनुभुती गर्न पाइन्छ । त्यसैले किटानका साथ भन्न सक्छु ” स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो । “ अस्...