गुन्द्री फाल्दिने डाक्टर
गुन्द्री फाल्दिने डाक्टर हल्का आँखा राता छन् । निद्रा नपुगेको छर्लङै अनुहारमा देख्न सकिन्छ । आँखा टल्पल पनि छन् । धेरै दिनको थकानले शरीर गलेको देखिन्छ । इस्टकोट धुने ब्यबस्था मिलेको देखिन्न । आँसु जसोतसो थामिएका छन् । खस्दा होलान् कतै एउटा कुनामा । सबैको सामु खस्न मर्द हुनुको मर्यादाले नदिएको होला । मनको बेग त आँखामा झल्किन्छन् नै । भाद्गाउँले टोपीमा दुइटा खुकुरीका बुट्टा एक आपसमा क्रस गरेका छन् । ती कुदिएका खुकुरीका चित्रले जिन्दगीका बिभिन्न परिबन्धको निर्णय जस्तै संकेत गर्न खोजेको प्रतित हुन्छ । निर्दोष चेहरा, शान्त स्वभाव र सरल जीवन उनका बिशेषण हुन । नेपालको बिकासको नक्सामा नअटाएको कुनै पश्चिमको कुनाबाट आएका छन् आफ्नी जहानको उपचार गर्न । आफ्नी जहानको मृत्युको दोसाँधमा निर्णय गर्न उनलाई भनिएको छ । मेसिनमा राख्ने कि अवस्था गम्भिर तथा क्षिण भएका कारण घर लिएर जाने । कति अमानवीय र सम्बेदनाहीन मानेका होलान् ति बुवाले मेरा शब्दहरु त्यतिबेला ! हरेक दिन घटनाक्रममा कठिन निर्णय लिने गरिन्छन् । त्यसको साक्षात्कार गर्दै बिभिन्न परिस्थितीहरु