चिडियाको सकसको अन्त्य
चिडियाको सकसको अन्त्य आज सबै सकसको अन्त्य भयो । सबै पीडाको अन्त्य भयो । आफ्नै मनले सम्म धोका दिएको संसारमा सबै दु:ख र पीडाको इती श्री भयो । चिडियाको अमर तर अकथित आत्मा चिडियाजस्तै उडेर शायद स्थानान्तरण गरेको हुनुपर्छ । चिडियाको पार्थिब शरीरबाट दिक्क भएर । उर्जाबिहिन मन र तङ्रिन नखोजेको शरीरको अवस्थामा आत्मा एक्लो परेछ शायद । त्यसैले प्राणवायु खिचेर तानेर आँफैसँग लग्यो । र छुट्कारा पायो १२७ औँ दिनमा । निकै सकसका साथ छुट्कारा पायो तेस्रो पटकको अप्रेसनपस्चात । चिडियाको हारेको मन र कुपोषित शरीरले चिकित्साशास्त्रका सबै प्रयासहरु बिफल हुन पुगे । ओझेलको पात्र चिडियाको एउटा सकसको कथा कसैलाई थाहा नहुने गरी अन्त्य भयो । यस्ता त समाजमा हजारौ पात्र होलान् । सम्झना छ अझै मलाई । ४ महिना अगाडि एमर्जेन्सि ड्युटिमा ” एउटा बेड छ । कसलाई लिएर जाम ।” भनेर भन्दै थिएँ । त्यो सुनेर सिस्टरले सपाट उत्तर दिनुभएको थियो “ चिडियालाई लिएर जानुस् । “ एमर्जेन्सिमा आफ्नै...