Posts

Showing posts from November, 2018

क्याबिन न. ६०७

Image
अस्पताल क्याबिनका सात महिना ।   रुपाको अहिले सातौँ  महिना बितरहेको छ  ,एउटा अस्पतालको क्याबिन कोठामा । ६०७ नम्बर कोठा ।  उनको जीवनको अबिस्मणिय अंक हुन्छ शायद । यी  उनका  संघर्षका दिनहरु  हुन् ।  अस्पताल घरजस्तै  महसुस गर्न थालिसकेकी छन् उनले  ।  अस्पतालका  सैयासँग अनौठो सम्बन्ध गाँस्न  पुगिसकेकी छन् रुपाले ।  ।  अनौठो किन  भन्दा   प्रिय  नहुँदा पनि प्रिय हुन पुगेको सम्बन्ध ।  उनीसँग  अरु उपाय पनि त छैन  प्रिय नमानी । सधैंजस्तो  उनका  छालाले स्पर्श गरेका छन्   । मायालु हातहरुको मात्र हैन ।स्प्रिटको चिसो स्पर्श र सुइको तीखो  घोचाइ पनि छन्  ।  औषधी दिन र रगत जाँच  गर्न अनगिन्ती स्पर्शहरु ।  सुइ दिने सिस्टर र डाक्टर त मायालु नै मान्छिन् । सुइको तिखोपनालाई दोष दिन्छिन् ।  कुनै सुइ सिधै नशामा, कुनै मासुमा त कुनै छालामा ।  सयौँ सुइहरु परिसकेहोलान्  ।  कति त ढाडमा पनि ।  नसा नभेटिँदा धेरै पटक घोच्नुपरेको पनि छ ।...

त्यो एक खिल्ली चुरोट किनेको दिन ।

Image
त्यो एक खिल्ली चुरोट किनेको दिन ।   सल्लाको माथिल्लो जङलबाट सल्लिपिर पन्छाउँदै कम्मरमा आधा पेट ढाक्ने पटुका बाँधेकी एउटी आमा झर्दै छिन् ।  हातमा लौरो छ ।  बाटो पहिल्याउने र टेक्ने लौरो । बुढेस्कालको एउटै साहारा भनम् ।  थाप्लोमा नाम्लोले थिचेको छ ।  र पिठ्युमा डोकोभरी दाउरा बोकेकी छन्  । सुस्त सुस्त हिँड्दै  अस्पताल प्राङण हुँदै आउँछिन् ।  उनी  हल्का स्याँ स्याँ   गर्दै छिन्  । अरुका निम्ती त अझै तगडा नै देखिन्छिन्  । उनको उमेर ढल्किँदै गयो ।  अनुहार चाउरिँदै  गयो  ।  उमेर गन्तिले कति पुग्यो, पत्तो छैन।  कति माघका चिसा सिरेटाले हाने होलान्  उनलाई ।  हरेक चुनावमा भोट पनि खस्यो उनको कतिपटक ।  नातीहरु अमेरिका पुगे ।  छोराहरु  राजधानी पुगे ।  तर उनको भारी कत्ति कम भएन ।  छुटेन त्यो दाउराको भारी कहिल्यै ।   सल्लिपिरले उनको बाटो सधैं ढाकिदिन्छ ।  उनी सधैंजस्तो सल्लिपिर हटाउँदै बाटो आँफै बनाउँदै जङलबाट निस्किन्छिन् अस्पताल नजिकै ।  उनको घर पुग...