Dear friend , Bikas , Archimedes and Narayan Gopal
विकास, नारायण गोपाल ,आर्किमिडिज र प्रिय साथी किर्तिपुरमा त्रिभुवन युनिभर्सिटी पछाडि अवस्थित एउटा घरको एउटा कोठामा मधुर गीत बज्दै छ । संगीत कोठाको भित्ता भित्तामा ठोक्किएर गुन्जिदै छ । संगितको ध्वनी केही लिक पनि भइरहेको छ झ्यालबाट बाहिर । एउटा भौतिकशास्त्रको विद्यार्थी बुझन प्रयासरत छ भौतिकशास्त्रका सिद्धान्त । शब्दहरुमा जिवन्तता देख्न थालेको छ उसले । पहिले पहिले शब्दहरुमा ध्यान जान्थेन । केबल संगीतमा मात्र रमाउने काम हुन्थ्यो विकासको । आज नारायण गोपालको गीतले बिकासको मन सुम्सुम्याउँदै छ । “एउटा मान्छेको मायाले ......” कोठामा एउटा खाट ,एउटा टेबुल ,एउटा कुर्सी ,एउटा ह्याङर ,एउटा झ्याल छ । उसको जीवनमा “एउटाको “ महत्व धेरै छ । जिवन पनि एउटै हो । पुनर्जन्ममा विश्वाश नगर्ने भौतिकवादी न हो रमेश । उसको हात भने बेलाबेलामा मोबाइलमा गैरहन्छ । उसको मोबाइल पनि एउटै छ । उसको मनप्रिय साथी पनि एउटै छ । उनको मेसेज आउँछ कि भन्ने प्रतिक्षा...