Einstein, Dear friend and me
भौतिकशास्त्रको नबीन प्रगतिको बारेमा कनफरेन्सबाट निस्किएपछि अाइन्स्टाइनलाई एक दिन भित्रैदेखि धन्यवाद दिन मन लाग्छ । त्यसैले म सोच्दासोच्दै पूरै कल्पनामा उड्न थालेछु । घोत्लिँदै म १९४५ सालमा पुगेर कल्पनामा डुबेछु । अाइन्स्टाइनको जिवन्त जिवनलाई नजिकबाट चियाएउन मन लागेर । । म स्वप्निल दुनियाँमा अाइन्स्टाइन सँग बात मार्ने प्रयास गर्दै छु । आज अाइन्स्टाइन खै किन हो निकै दंग देखिन्छन् । शायद कुनै भौतिकशास्त्रको सिद्धान्त मिलेको होला उनलाई । कोठाभरी कोरिएका कागजका खेस्रा छर्पस्ट देखिन्छ । ति भाग्यमानी अक्षरहरु र अंकहरुमा आउँदो संसार बदल्न सक्ने नियती छ । कालोपाटिमा कुनै सुत्रमा खेलिराखेका अंक देख्न सकिन्छ । सुर्यको किरणमा अाइन्स्टाइन आफ्नो भौतिक शास्त्रको सिद्धान्त खोज्दै टोलाइरहेका छन् । एउटा काठको कुर्सिमा बसेर मन्द मुस्कुराउँदै छन्। ठेली किताबहरु पनि रमाइरहेका छन् आज अाइन्स्टाइनलाई मुस्कुराएको देखेर ।
कोठाको शान्ती एक्कासी टेलिफोनको रिङ्गले भंग हुन्छ । र अाइन्स्टाइनको अर्धस्वप्न अवस्थामा हलचल हुन्छ । फोन उठाउँछन् उनका हातले । मस्तिस्क त उनको सूर्यको प्रकाशमा जमेको छ । फोनको अर्को कुनाबाट एउटा मृदु स्वर सुनिन्छ । शायद ति प्रिय स्वर उनको अन्तरङ मिल्न पुगेकी साथीको हुनुपर्छ । धेरै समयपछि अाइन्स्टाइनको मनमा नयाँ तरङ लहराउँछ । भौतिकशास्त्रको आयामभन्दा बाहिरको अनुभुती हुन्छ उनलाई शायद । पूर्व तर्फको भित्तामा झुन्डिरहेको ऐनामा उनको ध्यान पुग्छ । त्यसमा धूलो लागेको रहेछ । हत्केलाले पुछेर आँफैलाई हेर्छन् । नियाल्छन् । मुस्कुराउँछन् । जिङ्रिङ् कपाल देखेर कपाल मुसार्छन् पनि । हेर्दा कपालले स्याहार नपाएजस्तो देखिने । ऐनाको लागि आजको दिन खुशीको दिन होला । एकाध घण्टामा ढोकामा ढकढक सुनिन्छ । अनी बिस्तारै प्रबेश हुन्छ अाइन्स्टाइनको मनप्रिय साथीको । सिस्टाचारले अर्ध अंगालो मार्छन् । ओभर्कोटमा अाइन्स्टाइनलाई आज निकै सुहाएको छ । दुबैजना बसेर मिठो भलाकुशारी गर्दै छन् । । आज दुबैलाइ धेरै फुर्सद रहेछ कि जस्तो छ । कोठामा भौतिकशास्त्रको उर्जा भन्दा फरक उर्जाको अनुभव हुन्छ । रसायनशास्त्र हो कि हर्मोन्शास्त्र । पक्कै दिमागमा डोपामिनको लेभल बढेको होला दुबैको । त्यसैले कती खुशी देखिन्छन् । बिच बिचमा सिगार सल्काउँछन् अाइन्स्टाइन । सिगारको धुवा बार्तालापको साक्षी आज । कालोपाटीका सूत्रहरु पनि सलुसन हुन नसकेर बिचमै अन्योलमा हुन्छन् । अचम्मित छन् आज निर्जिब दर्शकहरु अाइन्स्टाइनलाई देखेर ।
मलाई भने दुई बिचको केमिस्ट्री मिलेको जस्तो देख्छु । त्यो केमिस्ट्रीको प्रभाब समय सापेक्ष देखिन्छ । अाइन्स्टाइनले सबै कुरा बिर्सिसकेका छन्। र एकनास दुई जना बात मारिरहेका छन्। मलाई भने पट्यार लागेर पुन: २०१८ को एक दिवाकालिन आकाशमा बादल लाग्दै गरेको दिनमा प्रबेश गर्छु । समयको यात्रा बास्तबमा मनको यात्रा रहेछ । प्रकाशको गती भन्दा द्रुत गती मनको गती । त्यसको हिसाबी सूत्र भौतिकशास्त्रीले नै जानुन् ! ! १९४५ बाट ७३ बर्षको यात्रा एकै क्लिकमा । एउटा रेस्तुरामा म बसिरहेको छु । शान्ति छैन यस रेस्टुरामा । मान्छेको तीता मिठा अप्रष्ट आवाजहरु ठोक्किदै गुन्जिरहेका मिश्रित बातावरण छ । एक किसिमको कोलाहाल नै मान्नुपर्छ । तर त्यो “ “नोइजले ” मलाई भने छुन सकेको छैन। अशान्तिमा शान्त छु म आज । साथमा अगाडि छ्न् एक प्रिया साथी । मेरो लागि सबै जना प्रिय नै छन् । थोरै औंला गिन्ती साथीहरु भएपनि । तर आजको दिन अली बिशेष अनुभव भएको छ । मनमा तार्किक भाव आउँदैन । निर्भाव छ यो मन । कुनै क्लेश पनि छैन । द्वेष पनि छैन। नैसर्गिक कुबिचारहरु कता कुलेलम ठोकेछन् । आत्मा एक टक छ । मुटुको गती भने हल्का बढेको हो कि जस्तो । नाडी छामेको भए थाहा हुने ! पुराना दिनहरुमा कफी कहिले फाटेका छन् त कहिले सेलाएका छन्। तर आज भने कफी तातो नै रहने जस्तो लागिरहेको छ । बिस्वस्त छु म । शायद केमिस्ट्री मिल्न खोजेको होला । एकतर्फी मेरो मनमा केमिकल्सले भ्रमित गरेको नि हुनसक्छ । उनको डोपामिन लेभल जाँच्ने यन्त्र छैन मसँग । उनलाई जे जस्तो महसुस भएपनी मेरो मनको अन्तरङ भने उमङित नै छ । यो केबल रसायनको लफडा मात्र हो त ? म मान्दिन । आत्मालाई किन्चित छुँदैन रसायनले । मन र शरीरलाई मात्र छुन्छ । म फ्रायड बालाई चुनौती दिन चाहन्छु मेरो रसायन जाँचेर हेर्न । जे होस् उनी पूरै सुसज्जित भएर आएकी छैनन् । मलाई त्यसको मतलब पनि लागिरहेको छैन । यसै सुन्दर देखिन्छिन् उनी । कमलको फुलमा हिलो लाग्दैन भन्ने मेरो विश्वाश । उनको कालो ज्याकेटमा धुलाम्मे सहरको सबै धूलो आँफै साथ बोकेर सहरको उद्दार गर्न खोजेको हो कि जस्तो लाग्छ । चस्माका बिटमा पनि धुलो अडिएको छ । कति भाग्यमानी ती धूलाका कणहरु । बराबर ति आकर्षक नयनको द्रिश्यमा रोमान्चित हुन पाउने । यति इर्ष्या गर्दै थिएँ म । उनले चस्मा निकालेर पुछिन् । बिचरा ति धूलाका कणहरु । त्यसैले त भनिन्छ होला ” राजा रंक र रंक राजा हुन बेर लाग्दैन । “ जे जस्तो भएपनी म भाव शून्य छु । तर्करहित छु । आग्रह पुर्बाग्रह सून्य छु ।
एकनासले आफ्ना पट्यारलाग्दा गफ सुनाइरहेको छु । उनलाई पट्यार लाग्यो कि लागेन त्यो म भन्न सक्दिन । शायद लागेको भए सुन्थिनन् होला । हुनसक्छ सिस्टाचारले सुनेको हुनसक्छ । अब मेरो प्रिय कफी अाइपुग्छ । उनलाई भने गर्मिले सताएको रहेछ । त्यसैले अाइसक्रिम मगाउँछिन् । त्यो घामलाई सराप्न मन लाग्छ एक मनले मलाई । सांकेतिक रुपमा केमिस्ट्री मिलेन भन्न खोजेको पो हो कि समयले! जे होस् अाइसक्रिम र कफी एक आपसमा रेजोनेन्स मिल्न खोज्दै छ्न् । कती मिल्न सक्छ त्यो भबिश्यको गर्भमा कैद छ भन्छिन् उनी । उनी निकै कम बोलेकी छन। म मात्र एकोहोरो बोलेको छु । मलाई बोलेको कुरा पनि याद छैन । कस्तो गफाडी रहेछ भन्ने सोचेकी होलिन् भन्ने लाग्छ मलाई । तर म भने आफ्नो मनका वास्तविक पत्रहरु उघार्दै छु । भबिश्यमा तारतम्य मिलेनमिलेपनी यो समय भने म आनन्दित हुन चाहन्छु । त्यसैले निस्चिन्त छु म । अनी केही मिनेट मौन बस्ने प्रयास गर्छु । मलाई बुझ्न् खोजिरहेकी होलिन् उनी । दिमाग तेज छ उनको । समयलाई त्यसको जिम्मा दिएको जस्तो लाग्छ मलाई ।
मैले त अाइन्स्टाइनलाई एक्लै पो छोडेर समयको यात्राा गरेको छु। फेरी १९४५ मा ब्याक जान्छु प्रकाश भन्दा द्रुत स्पिडमा । दुई जनाको बात अझै सकिएको छैन। समय बितेको छ । अाइन्स्टाइनलाई केही पत्तो छैन। सोही बिचमा फोनको रिङ्ग फेरी बज्छ । फोन उठाउँछन् अाइन्स्टाइन । अनी थाहा पाउँछन् । उनी एउटा मिटिङमा जान ढिला भएको कुरा । आज उनलाई विश्वसामु आफ्नो सिद्धान्त सार्वजनिक गर्नुपर्ने छ । त्यसपछी उनी हतार हतार गर्छन् । त्यत्तिकैमा कालोपाटिमा लेखिएको सुत्रमा उनको दृष्टि पर्छ ।
सुत्रहरु दिमागमा बेजोड खेल्न थाल्छन् । एक्कासी उनी उफ्रिन्छन् पागलजस्तै । भरखर जन्मेको पाठो बुरुक्क उफ्रेजस्तै । आफ्नी प्रियाको गालामा किस गर्छन् र खुशी हुँदै भन्छन् “ समय सापेक्ष कुरा हो । प्रिय । समय सापेक्ष हो । “ त्यसपछी उदय हुन्छ अाइन्स्टाइनको लोक चर्चित सापेक्षताबादको सिद्धान्त । सरल भाषामा बुझ्दा आगोमा एक मिनट बर्शौ जस्तो महसुस हुने र प्रियसङको घन्टौको साथ एक मिनेटजस्तो । समयको यात्रा र प्रकाशको गतीको सिद्धान्तमा भौतिकशास्त्रमा फड्को मार्छ पुरै २० औ शताब्दी आजको दिनबाट । समयलाई नियालेर हेर्ने कोशीस गर्दै थिएँ अाइन्स्टाइनसँग म । टिङटिङ ध्वनी सुनिन्छ कता कता ।
बिहानको तीखो अलार्म घन्टी बज्छ । अनी म झस्याङ हुन्छु । आँखा खुल्छ बेडमा । घडी हेर्छु त ८ बजिसकेको छ । आँखा अगाडिबाट प्रिय साथी अलप हुन्छिन् । अाइन्स्टाइन पनि अलप हुन्छन् । न समयको यात्राा न मनको यात्राा अब । अब त सिधै वार्डतिरको यात्रामा दिमागले शरीरलाई ड्राइभिङ गर्छ । दाँत टल्काउने देखी सेतो कोट भिर्नेसम्म केबल १५ मिनेट मस्तिष्कको ड्राइभिङ । मनले त सुतिरहुँ भन्छ । ब्रेकमात्र लगाउने प्रयास मनको । रेजिडेन्सीको उपहार भनेकै काम गर्ने र समय मिले सुत्ने । समय नमिले मस्तिस्कको ” अफ “ बटन् नथिचियोस् भन्ने प्रयास गर्दै काम गर्ने । बाटोभरी अलप भएका द्रिश्य फेरि हेर्न मन लाग्छ र आँखा बन्द गरेर बिचार गर्छु । समय नै कहाँ होला र आँखा खोलेको बेला अनुभव गर्न ! फर्किएर ति अनुभव अाउन् भन्ने उत्कट इच्छा गर्छु । तन्द्रामा मात्र नभएर पूरा होसहावासमा अाइन्स्टाइनको सिद्धान्त अनुभव गर्ने मन हुन्छ । पेरिसको अाइफल टावरमा मलाई अाइन्स्टाइनको सिद्धान्त पूर्ण अनुभुती गर्ने प्रार्थना गर्छु । पुन : उही मनप्रिय साथीसँग । आशा गर्छु यसपटक कसैले डिस्ट्र्ब गर्नेछैन । न अलार्म घन्टीले न नियतिले न समयले ।
त्यो सिद्धान्त कसरी भौतिकशास्त्रीले प्रयोग गर्छन् भन्ने कुरा नबुझेपनी त्यो अनुभव गर्न सकिन्छ । कुनै दुबिधा छैन। जिवन्त अनुभव । भावसून्य अनुभव ।
केमिस्ट्री मिलेको अनुभव । शायद उनलाई पनि मलाई जस्तो हुँदो पो हो कि ! त्यो भने अन्योल नै रह्यो । उनले मेरो जन्मदिनको दिन बिर्सेंकोले शायद उनको मनको कुनामा म अटेको छैन होला ।
उही
समयको यात्री
मनको यात्री
Dai, continue writing! you are gifted! :)
ReplyDeleteVery different from expected... Beautifully presented.. keep it up!!
ReplyDeleteThank you so much ..
DeleteKasto ramro lakh k。very good writing. Kasle ho janmaday ma birseko
ReplyDeleteThis is a heartwarming read. I smiled multiple times during this read; i thank you for that.
ReplyDelete👏👏👏👏 keep writing
ReplyDelete