Posts

Showing posts from June, 2018

के डाक्टर पढ्न मरिहत्ते नै गर्ने हो त ?

के डाक्टर पढ्न मरिहत्ते नै गर्ने हो त ?   धेरै बर्ष पहिले एउटा दुब्लो ज्यानको हल्का जुङाका रेखी देखिँदै गरेको ब्यक्ति साधारण पहिरनमा ब्याग भिरेर बिहानै काठमाण्डौको पुतलिसडकमा लम्किँदै थियो ।  कतै पुग्ने हतार थियो उसलाई ।  त्यसो नहुदो त बाटोमा हस्याङ्फस्याङ  हुनुभन्दा सिरकमुनी मस्त सपना देखिरहेको हुन्थ्यो होला ।  हेर्दा सजिलै अनुमान लगाउन सकिन्थ्यो, कुनै कलेजतिरको गन्तब्य हुनुपर्छ । शायद ति पाइलाहरुमा  भबिष्यमा  सपना पूरा गर्ने उधारो आशा हुनुपर्छ । र त्यो हिँडाइ सानैदेखि अबचेतन मस्तिष्कलाई पोशन गरिएको अब्बल हुने चेतनाको परिणाम् हुनुपर्छ ।  उत्कृष्ट हुने इच्छाले डोर्याएको हुनुपर्छ त्यो आत्मा ।  तपाईंको अनुमान के होला ?  किटान गरेर अनुमान लगाउनुपर्दा डाक्टर पढ्ने तयारी गरिरहेको हुनुपर्छ ।  ब्यक्ती ,परिवार र समाजको हरियो चस्माले देखेको सम्पन्नताले प्रचुर भबिष्य जो  छ डाक्टरी पेशामा ।  प्रबेश नगर्दा सम्म सधैं हरियो देखिन्छ ।  कसैले उजाड छ भन्दैमा पत्याउँदैन त्यो मन ।  त्यहि हजारौँ मनहरु आजपनि ल...

Desire for white coat

सेतो कोटको रहर ।   सेतो कोट लगाउने रहरले बिरामीको सेवामा होम्मिएकी छन्  सबिता ।  उनलाई बिरामीको सेवा गर्न कत्ती दु:ख लाग्दैन ।  रहरले  भने पनि भाग्यले भने पनि स्वास्थ्य सेवाको युद्धक्षत्रमा होम्मिएकी सबितालाई अचेल कहिलेकाँही  कुन्ठा जाग्ने गरेको छ ।  नजागोस पनि किन। स्वास्थ्य सेवा हालको अवस्थामा युद्धक्षत्र भएको छ ।  जहाँ सेवा गरेर मेवा पाउने आशा दुर्लभ  भएको छ ।  बिना बन्दुकका योध्हा  भएर युद्ध  लड्नुपरेको छ ।  बिना बन्दुक त युद्धमा सिपाही जाँदैनन्  भने कमजोर सुरक्षा, न्यून प्रोत्साहन, अनुचित पारिश्रमिक र अत्याधिक श्रमको भार बोकाएर बिरामीको सेवामा खटाउने राज्यलाई ति सेता कोटले सालीन देखिने सबिता जस्ता कर्मशील नर्सहरुको कुण्ठित हृदयको सराप त अवस्य लाग्नुपर्छ ।  स्वास्थ्यको पेशा सदैब जोखिममा हुन्छ ।  त्यस्तै सबिता पनि सेतो कोट, मिठो बोली, धैर्यता र आफ्नो सीपले झिनो सुरक्षामा बिरामीको सेवामा तल्लिन छन् । ड्युटी त चक्रिय आधारमा बिहान दिउसो राती गर्दै बित्दै जान्छन् ।  अस्पताल बाहिरको दुनियाँलाई त...

Struggling with Monitor

बिहान ८ बजेको छ ।  मनिटरका आवाज सुन्न सकिन्छ ।  अस्पतालको  गन्धले नाकलाई जिस्काइरहेको छ । अन्दाजी २५ बर्षिय  युबक प्रतिक्षा गर्ने कुर्शिमा आ ई सि यू बाहिर कुर्दै बसेको द्रिश्य देख्न सकिन्छ ।  अनुहारको कान्ती उडेको छ ।  साथमा एकजना अन्दाजी ४० बर्षिय  महिला पनि छिन्   ।  मौन छिन तिनी ।  तर उनका आँखाले आसुँका भाषा बोलिरहेका छन् ।  अरु ब्यक्तिहरुको पनि आवतजावत बाक्लै छ ।  भित्र एक ५० बर्षिय  ब्यक्ति आई. सि .यू मा जीवनका लागि संघर्ष गर्दै छन् ।  उनलाई करिब २ घण्टा अगाडि अस्पातलमा ल्याइएको थियो। ।  ।  शायद यि तीनजना साइनोले बाबु आमा र छोरा होलान्  ।   सिक्ने कुरा धेरै छन । सबै आफ्नै जीवनमा भोगेर सिक्नलाई जीवन छोटो छ ।  त्यसैले आज हामी तिनै मनिटर मुनि संघर्षरत पुरुषको जीवनबाट केही सिक्ने प्रयास गरौँ ।  काम गर्दै थिए उनी ।  जब उनी एक्कासी बेहोस् भएका थिए ।  मुख बाङिएको थियो ।  एक हर नचल्ने  भएको थियो। तुरन्तै अस्पातल पुर्याइएको थियो। अस्पतालमा उनको मस्तिस्कमा रगत बगेकोले...

Stamina in residency

Image
रेजिडेन्सिका सुरुका दिनहरु ।   घडीमा ७ :३० बजेको रहेछ । निद्राबाट झसँग बिउँझीएछु म । बिहान अबेर भएको जस्तो लाग्यो ।  ड्युटिमा  जान अबेर भएछ भनेर छिटोछिटो नित्यकर्म गरेर रेडी भएँ ।  जिउ पूरै भारी भएको अनुभव थियो ।  जाङर रत्तिभर थिएन ।  शरीर तात्तिएको महसुस भएको थियो ।  निदार छाम्दा ज्वोरो आउँला जस्तो थियो।  रुघाखोकी  त महाराजगन्ज  टिचिङ प्राङन  प्रबेश  गरेको अर्को दिन बाट सुरु भएको  थियो ।  खुट्टाका कुर्कुच्चा र पैतला हुर्किएका थिए ।  हल्का घुमाएको जस्तो पनि भएको थियो ।  जिउ  पुरै लथ्रक्क परेको थियो। सुत्न पाए त कुम्भकर्णको  ६ महिने रेकर्ड पनि  तोड्न सक्ने बिचार  आएको थियो ।  पहिले पहिले दिनभरी  हिंडेर बेलुका घर पुग्दा हुन्थ्यो यस्तो  ।  धेरै बर्षपछि बाल्यकालको झझल्को आयो ।  सदरमुकामबाट  घर हिंडेका  गोरेटा बाटा याद आए ।  आफ्नो यो डाक्टरी गोरेटोको  पनि लामो बाटो अझै तय गर्न बाँकी रहेको यथार्थ पुन स्मरण भयो। घर पुग्ने गोरेटो र डाक्टरी गोरे...