The great Rara Travel
रारा यात्रा मनको यात्रा । देवघाटधामको पावन स्थलमा एक रात बस्न भनेर अप्राह्नन्नतिर काठमाडौबाट हिंडेको थिएँ । आपटारीमा ओर्लिँदा सुर्यले बिदा मागेर अँधेरीलाई निम्तो दिँदै थियो । त्यहाँको बिशेषता भन्नुपर्दा अपरिचितहरुलाई पनि ब्यक्तिगत गाडीहरुले देवघाट पुर्याइदिन्छन् । म पनि एउटा मोटरबाइकमा देवघाटधाम पुगेँ । गर्मी चढिसकेको रहेछ । त्यसमाथि बिजुलीको अबरोधले गर्दा पसिनाले सरिरलाइ सिन्चित गर्ने मौका पाएको थियो । एकाकीपन हटाउन फोनमा ब्यस्त भएँ म । एक हातमा हाते पंखा । अर्को हातमा मोबाइल । त्यति नै बेला दैलेखबाट बिकास दाइले राराको यात्राको लागि निम्तो भनेपस्चात सल्यान फर्किने भनेर हिंडेकोमा अर्को दिन दैलेख जाने निर्णय गरेँ । चितवनबाट नाइट सुर्खेतसम्मको टिकेट काटेर असहज यात्रा गरेँ । त्यस्ता अप्ठेरो गाडी नाइट सेवामा राख्नेलाई त कारबाही गर्नुपर्ने हो ! कसले पो हेर्ने हो ? असहज नै भएपनि दैलेखमा शनिबारको बिहानको १० बजेको खाना खाने समय भेट्न् स...