BAATH MUTU ROG
निशुल्कको उपदेशमा शून्य जाँगर । । ज्ञान र सीप सिकाउन भत्ताको ब्यबस्था गरिएका अनेक कार्यक्रम छन् नेपालमा । सरुवा रोग नियन्त्रणमा ठूलो राशिको बजेट खर्च गरिएको छ बर्षेनी । निशुल्कमा ज्ञान कसले लिन्छ दिन्छ र ! त्यो सम्भव पनि देखिन्न । मलाई भने यो बाथ मुटु रोगले निकै आकर्षित गर्ने गरेको छ । तर यसका लागि कतै ट्रेनिङ र बजेट छुट्याइएको भएपनि आजसम्म थाहा छैन मैले । बाथ मुटु रोगको सुरुवात घाँटी दुखाइबाट सुरु हुने गर्दछ । घाँटी दुखेको १ हप्तामा सन्चो हुन्छ र ३ ४ हप्तामा ज्वरो आउने, सरी सरी घुँडा दुख्ने ,छाती दुख्ने आदि हुन सक्छ । जुन बाथ रोगका लक्षण हुन् ।यो बाथ रोग “ग्रुप A स्ट्रेप्टोकोक्कस “ नामक ब्याक्टेरियाको संक्रमणले गर्दा हुने गर्छ । यसले गर्दा घाँटी दुख्ने हुन्छ र यसको बिरुध्वमा शरीरमा बनेका “अन्टिबडिले” गर्दा नै बाथ रोगमा देखिने लक्षण देखा पर्ने गर्छ । समयमा उपयुक्त यन्टिबायटिकको प्रयोग गरेमा धेरै हदसम्म रोक्न सकिन्छ । यसले बिशेष गरी हाम्र...