Posts

Showing posts from 2018

क्याबिन न. ६०७

Image
अस्पताल क्याबिनका सात महिना ।   रुपाको अहिले सातौँ  महिना बितरहेको छ  ,एउटा अस्पतालको क्याबिन कोठामा । ६०७ नम्बर कोठा ।  उनको जीवनको अबिस्मणिय अंक हुन्छ शायद । यी  उनका  संघर्षका दिनहरु  हुन् ।  अस्पताल घरजस्तै  महसुस गर्न थालिसकेकी छन् उनले  ।  अस्पतालका  सैयासँग अनौठो सम्बन्ध गाँस्न  पुगिसकेकी छन् रुपाले ।  ।  अनौठो किन  भन्दा   प्रिय  नहुँदा पनि प्रिय हुन पुगेको सम्बन्ध ।  उनीसँग  अरु उपाय पनि त छैन  प्रिय नमानी । सधैंजस्तो  उनका  छालाले स्पर्श गरेका छन्   । मायालु हातहरुको मात्र हैन ।स्प्रिटको चिसो स्पर्श र सुइको तीखो  घोचाइ पनि छन्  ।  औषधी दिन र रगत जाँच  गर्न अनगिन्ती स्पर्शहरु ।  सुइ दिने सिस्टर र डाक्टर त मायालु नै मान्छिन् । सुइको तिखोपनालाई दोष दिन्छिन् ।  कुनै सुइ सिधै नशामा, कुनै मासुमा त कुनै छालामा ।  सयौँ सुइहरु परिसकेहोलान्  ।  कति त ढाडमा पनि ।  नसा नभेटिँदा धेरै पटक घोच्नुपरेको पनि छ ।  त्यसको खलपात्र  घोच्ने ब्यक्ति हो  कि सुइ हो  ।  वा आफ्नै शरीर भन्ने कुरामा अन्योल मान्छिन् रुपा  ।  जे होस् म पनि कहिलेकसो उनको सुइको कथाको एउटा खलपात्र हुन पुगेको छु

त्यो एक खिल्ली चुरोट किनेको दिन ।

Image
त्यो एक खिल्ली चुरोट किनेको दिन ।   सल्लाको माथिल्लो जङलबाट सल्लिपिर पन्छाउँदै कम्मरमा आधा पेट ढाक्ने पटुका बाँधेकी एउटी आमा झर्दै छिन् ।  हातमा लौरो छ ।  बाटो पहिल्याउने र टेक्ने लौरो । बुढेस्कालको एउटै साहारा भनम् ।  थाप्लोमा नाम्लोले थिचेको छ ।  र पिठ्युमा डोकोभरी दाउरा बोकेकी छन्  । सुस्त सुस्त हिँड्दै  अस्पताल प्राङण हुँदै आउँछिन् ।  उनी  हल्का स्याँ स्याँ   गर्दै छिन्  । अरुका निम्ती त अझै तगडा नै देखिन्छिन्  । उनको उमेर ढल्किँदै गयो ।  अनुहार चाउरिँदै  गयो  ।  उमेर गन्तिले कति पुग्यो, पत्तो छैन।  कति माघका चिसा सिरेटाले हाने होलान्  उनलाई ।  हरेक चुनावमा भोट पनि खस्यो उनको कतिपटक ।  नातीहरु अमेरिका पुगे ।  छोराहरु  राजधानी पुगे ।  तर उनको भारी कत्ति कम भएन ।  छुटेन त्यो दाउराको भारी कहिल्यै ।   सल्लिपिरले उनको बाटो सधैं ढाकिदिन्छ ।  उनी सधैंजस्तो सल्लिपिर हटाउँदै बाटो आँफै बनाउँदै जङलबाट निस्किन्छिन् अस्पताल नजिकै ।  उनको घर पुग्ने छोटो बाटो परेर मात्रै  भने हैन ।  हिंडेर बनेको बाटो ,तर नक्सामा नरहेको बाटो हो त्यो ।  सधैं जीवननक्सामा स्पस्ट बाटो नहुन सक्छ ।  आ

Dear friend , Bikas , Archimedes and Narayan Gopal

विकास, नारायण गोपाल ,आर्किमिडिज र प्रिय साथी  किर्तिपुरमा  त्रिभुवन युनिभर्सिटी पछाडि अवस्थित एउटा घरको एउटा कोठामा मधुर गीत बज्दै छ ।  संगीत कोठाको भित्ता  भित्तामा ठोक्किएर गुन्जिदै छ ।  संगितको ध्वनी केही लिक पनि भइरहेको  छ झ्यालबाट बाहिर ।  एउटा भौतिकशास्त्रको विद्यार्थी बुझन प्रयासरत छ भौतिकशास्त्रका सिद्धान्त  । शब्दहरुमा जिवन्तता देख्न थालेको छ उसले ।  पहिले पहिले शब्दहरुमा ध्यान जान्थेन ।  केबल संगीतमा मात्र रमाउने काम हुन्थ्यो विकासको ।  आज नारायण गोपालको गीतले बिकासको   मन सुम्सुम्याउँदै  छ ।  “एउटा मान्छेको मायाले  ......”   कोठामा एउटा खाट ,एउटा टेबुल ,एउटा कुर्सी ,एउटा ह्याङर ,एउटा झ्याल छ ।  उसको जीवनमा “एउटाको “ महत्व धेरै छ ।  जिवन पनि एउटै हो ।  पुनर्जन्ममा विश्वाश नगर्ने  भौतिकवादी न हो रमेश ।  उसको हात भने बेलाबेलामा  मोबाइलमा गैरहन्छ ।  उसको मोबाइल पनि एउटै छ ।  उसको मनप्रिय साथी पनि एउटै छ ।  उनको मेसेज आउँछ  कि भन्ने प्रतिक्षामा छ ।  आज उसलाई पढ्ने मन त छैन।  तर नपढी  नहुने छ ।  पाना पल्टाउँदा ” आर्किमिडिजको  सिद्धान्तमा “ आँखा पर्छ ।  खाना खाएर बसेको भ

Five rupees note outside ICU

Image
आइ. सि .यु बाहिर पाँच रुपैया   केही मलिन अनुहारहरु एउटा अाइ सि यु कक्षबाहिर प्रतिक्षामा बसिरहेका छन् ।  स्वजन र आफन्तको प्रतिक्षामा  ।  कहिले निको   भएर पून: भेट्न्  पाइन्छ  कि भन्ने आशमा ।  बेला बेला माइकिङबाट आवाज आउछ ” फलानोको मान्छे संपर्क राख्नु “ ।  सबै जना सतर्क हुन्छन् ।  कान तिखा हुन्छ्न् केही क्षण ।  आफ्नो बिरामीको अप्डेटका लागि बोलाएको हो कि भनेर ।  भित्र जटिल   रोगसँग लडिरहेका छन् ति सबै मलिन ब्यक्तिका जीवनका प्रिय आत्मीय पात्रहरु ।  कोही मृत्‍युसँग लडिरहेका छन्  ।  कोही सुधारको क्रममा छन्  ।  सबैका मनमा भय  छ ।  स्वजन फर्केर लैजान पाइने हैन कि भनेर ।  आशा पनि छ सघन उपचारको  ।  सबै बिरामीहरुको  मुटुका गतिबिधी मनिटरमा प्रकाशित भएका हुन्छन् ।  ती  मनिटरको कर्कश आवाज पनि सुनिन्छ ।  त्यो कर्कश  आवाज बेड्मा सुतिरहेका बिरामीहरुको आर्तनाद जस्तो प्रतीत हुन्छ  बेला बेला ।   त्यही प्रतिक्षारत ब्यक्तिहरुका माझमा एक अन्दाजी ६० बर्षका नमिलेको ढाका टोपी ,मैलो कमिज ,रङ उडेको पाइन्ट र पुरानो कोट लगाएका ब्रिद्ध छन्  ।  चाउरी परेको अनुहारमा  खोप्ल्टा परेका गाला छन् ।  दुब्लो ज्यान

दसैंमा सेतो कोट

Image
दसैमा सेतो कोट  घटस्थापनाको  दिन ।  बिदाको दिन ।  रमाइलो दिन ।  दसैं प्रारम्भ हुँदाको तिथि ।  जमराले अस्तित्व पाउने दिन ।  खुशीको चाड ।  उमङको चाड ।  स्कुल पढ्दाका  दिनहरु झल्झल्ती याद आउने कहिलेकसो अचेल ! तम्घासबाट एक दिनको बाटो हिंडेका दिनहरु स्‍मृतिमा अझै ताजा छन् ।   पहाड घर जाँदा सार्है रमाउने मन हुन्थ्यो ।  रौँदिको उकालो चढ्दा  आसिनपसिन हुन्थ्यो ।  साँझमा घर पुगिन्थ्यो ।  समय सँगै बिस्तारै  बिदा घट्दै गए ।  हेर्दा हेर्दै घटस्थापनाबाट सर्दै सर्दै सप्तमी कि अस्टमिमा घर जाने दिन आए ।  जती बिदा कटौती भए पनि देशको प्रगती त उस्तै होला !!   समय बित्दै गए ।  रितुहरु फेरिदै गए ।  दसैंहरु आउँदै जाँदै गरे । दसैं त सधैं उस्तै त हो । शरद रितुमा सधैं आउँछ अनि जान्छ पूरा   चहलपलसाथ  । मेरो लागि न त यो चाड पर सर्छ  न त अगाडि ।  न अरु कसैका लागि ।  परिवर्तन त केबल आफ्नो अवस्था र परिस्थितीमा हुने रहेछ ।  ।   बिदाका दिन कट्दै कट्दै  अचेल शून्य भएको छ ।  पहिले पहिले छुट्टीमा घर गइन्थ्यो ।  अचेल छुट्टीमा घरबाट छुट्टी माग्नुपर्छ ।  ........ “ कहिलेको टिकेट लिइस् त बाबु ।  “  घरबाट

Einstein, Dear friend and me

Image
अाइन्स्टाइन र मेरो प्रिय  साथी ।   भौतिकशास्त्रको नबीन प्रगतिको बारेमा  कनफरेन्सबाट निस्किएपछि अाइन्स्टाइनलाई एक दिन भित्रैदेखि धन्यवाद दिन मन लाग्छ ।  त्यसैले म  सोच्दासोच्दै पूरै कल्पनामा उड्न थालेछु ।  घोत्लिँदै म १९४५ सालमा पुगेर कल्पनामा डुबेछु ।  अाइन्स्टाइनको जिवन्त जिवनलाई नजिकबाट चियाएउन मन लागेर ।  ।  म स्वप्निल दुनियाँमा अाइन्स्टाइन   सँग बात मार्ने प्रयास गर्दै छु ।  आज अाइन्स्टाइन   खै किन हो निकै दंग  देखिन्छन् ।  शायद कुनै भौतिकशास्त्रको सिद्धान्त  मिलेको होला  उनलाई ।  कोठाभरी कोरिएका कागजका खेस्रा छर्पस्ट देखिन्छ ।  ति भाग्यमानी  अक्षरहरु र अंकहरुमा  आउँदो संसार बदल्न सक्ने नियती छ ।  कालोपाटिमा कुनै सुत्रमा खेलिराखेका अंक देख्न सकिन्छ ।  सुर्यको  किरणमा अाइन्स्टाइन   आफ्नो भौतिक शास्त्रको सिद्धान्त खोज्दै टोलाइरहेका छन्   ।  एउटा काठको कुर्सिमा बसेर मन्द मुस्कुराउँदै  छन्। ठेली किताबहरु पनि रमाइरहेका छन् आज अाइन्स्टाइनलाई मुस्कुराएको देखेर ।   कोठाको शान्ती एक्कासी टेलिफोनको रिङ्गले भंग हुन्छ । र अाइन्स्टाइनको अर्धस्वप्न अवस्थामा हलचल हुन्छ ।  फोन उठाउ

के डाक्टर पढ्न मरिहत्ते नै गर्ने हो त ?

के डाक्टर पढ्न मरिहत्ते नै गर्ने हो त ?   धेरै बर्ष पहिले एउटा दुब्लो ज्यानको हल्का जुङाका रेखी देखिँदै गरेको ब्यक्ति साधारण पहिरनमा ब्याग भिरेर बिहानै काठमाण्डौको पुतलिसडकमा लम्किँदै थियो ।  कतै पुग्ने हतार थियो उसलाई ।  त्यसो नहुदो त बाटोमा हस्याङ्फस्याङ  हुनुभन्दा सिरकमुनी मस्त सपना देखिरहेको हुन्थ्यो होला ।  हेर्दा सजिलै अनुमान लगाउन सकिन्थ्यो, कुनै कलेजतिरको गन्तब्य हुनुपर्छ । शायद ति पाइलाहरुमा  भबिष्यमा  सपना पूरा गर्ने उधारो आशा हुनुपर्छ । र त्यो हिँडाइ सानैदेखि अबचेतन मस्तिष्कलाई पोशन गरिएको अब्बल हुने चेतनाको परिणाम् हुनुपर्छ ।  उत्कृष्ट हुने इच्छाले डोर्याएको हुनुपर्छ त्यो आत्मा ।  तपाईंको अनुमान के होला ?  किटान गरेर अनुमान लगाउनुपर्दा डाक्टर पढ्ने तयारी गरिरहेको हुनुपर्छ ।  ब्यक्ती ,परिवार र समाजको हरियो चस्माले देखेको सम्पन्नताले प्रचुर भबिष्य जो  छ डाक्टरी पेशामा ।  प्रबेश नगर्दा सम्म सधैं हरियो देखिन्छ ।  कसैले उजाड छ भन्दैमा पत्याउँदैन त्यो मन ।  त्यहि हजारौँ मनहरु आजपनि लम्किँदै छन्  काठमाडौ पुतलिसडक वरिपरि ।  उत्कट इच्छा र कर्मठ व्यबहारका साथम