लापर्बाहिको न्वारन ।
रोग निदान नहुँदाको चिन्ता । भर्ना गरिएका बिरामीको सुधार हुने आशा । हाँसेर दिब्य स्वच्छ मुस्कानले बिदा गर्ने प्रयास । यी सबै बिरामीप्रतिको चासो र समर्पण । तर कहिलेकसो त रोग नै अप्ठ्यारो र मायाबी लाग्छ । निदान गर्नै मुस्किल । निदान गरेको पनि छद्मभेसी रोग पर्ने । नचाहँदा पनि यमपासमा परि नै हाल्छन् कहिले कसो । अनि न्वारन गर्न अाइपुग्छन् टाठाबाठाहरु " लापर्बाही " । फिँजिन्छ यो न्वारन गरिएको शब्द हावासरी । एक हूल जम्मा हुन्छन् रमितेहरु । सुरु हुन्छ आक्रोश र तोड्फोड् । उता हतास एक्लो डाक्टर थाप्लोमा हात राखेर कुनामा ज्यान जोगाउन बसेको । कठै !
ए हजुर । लापर्बाहीको न्वारन गर्ने पन्डितहरु । ज्ञान र बिबेकको नयन खोल । प्रत्यक क्षण चलायमान यो अद्बुत शरीरको सम्रचना बुझ्न् त्यति सजिलो छैन । गणितिय अनुक्रम र फर्मुलामा रोग पूरा चल्दैन । लापर्बाही सर्बब्यापी छ । तर न्वारन केबल बिरामी ,डाक्टर र अस्पतालको प्रसँगमा मात्र अत्याधिक प्रयोग हुन्छ । मैले त धेरै ठाउँ लापर्बाही महसुस गर्छु ।
खाल्डा नभएका बाटो शायद बिरलै होलान् । बाटो बनाएको एक बर्ष नहुँदै खाल्डा धेरै हुनु भ्रस्टाचारको सूचक मान्न मिल्छ कि मिल्दैन । लापर्बाही होला कि नहोला । खाल्डामा लापार्बाही देखेर आन्दोलित भएको त्यती सुनिँदैन । बसन्त रितु छोडेर बर्षा रितुमा बिकासका कामहरु गर्न तात्तिनु लापर्बाही मान्ने कि नमान्ने ? खरिद गर्दा कमसल सामान खरिद गरेर प्रयोग गरेको केही दिनमै बिग्रियो भने लापार्बाही हैन र ? पैदल यात्री हिंड्ने पेटी नभएर कतै दुर्घटना हुनुलाई राज्यको लापर्बाही मान्ने कि नमान्ने ! अनाबस्यक रुपमा मेडिकल कलेज खोलेर चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउनुको साटो धराशायी बनाएर उत्पादित डाक्टर र स्वास्थ्यकर्मीs कमसल हुनुमा राज्यको लापर्बाही नहोला र ? शिक्षामा कमसल सद्भाव नभएको शिक्षक राख्नुलाई लापर्बाही नभने के भन्ने ? आफ्नो जिम्मेवारीको उचित समयमा उचित तरिकाले पूर्ण रुपमा पालना नगर्नुलाई लापर्बाही भन्ने हो भने त लापर्बाही ब्याप्त छैन र ?
यी त भए बिबिध क्षेत्रका लापार्बाहिका नमूनाहरु । अब हाम्रा बिरामीहरुको पनि लापर्बाहिको लेखाजोखा गर्ने हो कि । उच्च रक्तचापका लक्षण देखा त्यति पर्दैन । प्रेस्सर् २२०/ १३० भएर पनि सामान्य ब्यक्तिजस्तो हिंड्डुल गर्ने मान्छे भेट्टिन्छ्न । लामो समयदेखि उच्च रक्तचाप पालेर बसेका जती सम्झाए पनि करेलाका जुस खाएर ठीक पार्छु भन्ने " बिढ्वान"हरु एक्कासी पक्षघात भएर अस्पतालमा आए भने त्यो लापार्बाही हुँदैन ! तर लापर्बाही त त्यहि सल्लाह नमानी मनमर्जिले करेलाका भर पर्ने र औषधी छोड्ने बढाउने, घटाउने गर्ने ब्यक्ती अस्पतालमा मृत्यु भयो भने अस्पातलको लापर्बाही हुन्छ । गज्जब छ हाम्रो चेतना ! मधुमेहका (प्रचलनमा सुगरको रोग ) रोगीको पनि उस्तै हो कथा । औषधी सेवन नियमित नगर्ने र सल्लाह नमान्ने बुझाक्कडहरुलाई आफ्नै लापर्बाहीको अन्दाज हुँदैन । रक्सी खाएर कालेजो बिग्रिसकेको मान्छेले अवस्था बुझेर पनि रक्सी छोड्दैन भने राम राम मात्र भन्न सकिने त हो ।
लापार्बाही सब्दलाई जति हलुका रुपले लिदै गइएको छ । त्यति नै अवस्था बिकराल हुँदै जाने अबस्यम्भाभी छ । जे होस् लापार्बाही शब्दले सेवामा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी र डाक्टरलाई निराश तुल्याएर बिस्तारै जनताबाट टाढै पुर्याउने र अबिस्वासको खाल्डो गहिरो बनाउँदै लैजाने निस्चित छ । एक दिन यस्तो आउँछ जुन बेला कसैले पनि बिरामीको उपचार गर्न मान्नेछैनन् । त्यो दिन नआओस् भन्नका लागि मिडियाका आवाजहरु सस्तो लोकप्रियताका लागि नभएर तथ्यका अाधारमा हुनु जरुरि देखिन्छ । तर यो पछिल्लो समयमा स्वास्थ्यको क्षत्रलाई निशाना बनाएको महसुस धेरैलाई भएको छ । जुन कुराले द्वन्दात्मक स्थिती सिर्जना गरेको देखिन्छ । तितोपना बढेको पाइन्छ । शब्दले चोट पुर्याउँछ । । सब्दले नै सम्मान पनि दिन्छ । सब्दलाई सस्तो हैन वजनदार बानाऔँ । यो बिजया दशमीमा मेरो सदिक्षा ।

Comments
Post a Comment