लापर्बाहिको न्वारन । रोग निदान नहुँदाको चिन्ता । भर्ना गरिएका बिरामीको सुधार हुने आशा । हाँसेर दिब्य स्वच्छ मुस्कानले बिदा गर्ने प्रयास । यी सबै बिरामीप्रतिको चासो र समर्पण । तर कहिलेकसो त रोग नै अप्ठ्यारो र मायाबी लाग्छ । निदान गर्नै मुस्किल । निदान गरेको पनि छद्मभेसी रोग पर्ने । नचाहँदा पनि यमपासमा परि नै हाल्छन् कहिले कसो । अनि न्वारन गर्न अाइपुग्छन् टाठाबाठाहरु " लापर्बाही " । फिँजिन्छ यो न्वारन गरिएको शब्द हावासरी । एक हूल जम्मा हुन्छन् रमितेहरु । सुरु हुन्छ आक्रोश र तोड्फोड् । उता हतास एक्लो डाक्टर थाप्लोमा हात राखेर कुनामा ज्यान जोगाउन बसेको । कठै ! ए हजुर । लापर्बाहीको न्वारन गर्ने पन्डितहरु । ज्ञान र बिबेकको नयन खोल । प्रत्यक क्षण चलायमान यो अद्बुत शरीरको सम्रचना बुझ्न् त्यति सजिलो छैन । गणितिय अनुक्रम र फर्मुलामा रोग पूरा चल्दैन । लापर्बाही सर्बब्यापी छ । तर न्वारन केबल बिरामी ,डाक्टर र अस्पतालको प्रसँगमा मात्र अत्याधिक ...
Posts
Showing posts from September, 2017