एकाबिहानै दिब्यज्ञान !!
एकाबिहानै दिब्यज्ञान !! बिहान अबेरसम्म सुत्नु त सामान्य बानी नै भइसकेछ । त्यसपछि उठ्नेबितिक्कै मोबाईल हातमा लिएर नेट नचलाएसम्म त के नपुगेजस्तो हुन थालिसकेको छ । बिहान ब्रह्ममुहुर्तमा उठेर करदर्शन गरेर प्रक्रिती र ईश्वरप्रती अनुग्रहित भएर मात्र दिनचर्या अघि बढाउने चलन त प्राय : लोप भैसक्यो । अब त उठ्नेबित्तिकै नेट जडान गरेर त्यो पहिले हेल्लो भन्ने बक्सोमा टुङ तुङ् आवाज आएर कहलिएको सामाजिक सन्जालको उपस्थिती जनाउनै पर्यो । मेरोमा पनि त्यस्तै आवाज आयो र के अाइपुगेछ त भनेर हेर्दा एउटा साथीले मलाई प्रश्न पठाएको रहेछ । " शम्भु ! तिमीले यो च्याट फेस्बुक आदी बाट के असाधारण प्राप्त गर्यौ ? " कस्तो गम्भिर प्रश्न ! एकाबिहानै गुरुको प्रबचनका दिब्यबाणि सुने जस्तो भयो । केही समय सोचमग्न भएँ । केही समय मौन रहेँ । केही बेर मनमा अशान्ति भयो । आफ्नै अन्तर्मनलाई प्रश्न गरेँ र उत्तरको आशा गरेँ । तर कतैबाट पनि मन शान्त पार्ने चित्त बुझ्दो उत्तर भने आउन सकेन । अनि बेवास्ता गरेर त्यस प्रश्नक...