के मेरो बच्चा बाँच्दैन ?
के मेरो बच्चा बाँच्दैन ?
घामले कोठामा प्रबेश गर्न नपाउँदै एकाबिहानै ७ बजे अस्पतालको इमेर्जेन्सिबाट फोन आयो । एउटा बच्चा सिकिस्त आएको छ भनेर बोलाएको हुँदा जुरुक्क उठेर हातमुख पनि नाधोइ चस्मा भिरेर द्रुत गतिमा इमेर्जेन्सि पुगेँ । अन्दाजी १ बर्षको बच्चा शरीरमा पानी नपुगेर छाला पूरै सुकेको देखिने ,श्वास फेरेर छाती तलमाथि गरेको नदेखिएको बच्चा पछ्यौराले समाएर ठूलो आशाका साथ बसेकी महिलाको अवस्था देखेर माया लाग्यो । बच्चा जाँचेर हेर्दा आँखाका नानी ठूला भैसकेको श्वास प्रश्वास नदेखिएको तालु खोपिल्टिएको मुटुको धड्कन सुन्न नसकिएको र छाला तान्दा धेरै बिस्तारै फर्किएको थियो । त्यहिबेलामा " के मेरो बच्चा बाँच्दैन ? डाक्साप " भनेर आशाका साथ प्रश्न सुनियो ।
उसको बोलीमा कति आशा थियो भनूँ कि सत्यता मान्न मनले नमानेको थियो भनूँ । सत्य कुरा भन्न निकै अप्ठेरो परेको थियो मलाइ । कालको अगाडि निरीह उपस्थित थिएँ म । सक्ने भए त उडेर गएको प्राणवायु खिचेर फेरी शरीरमा तत्काल राखिदिन्थे । कुरो बुझ्दै जाँदा बच्चालाई पखाला लागेको २ दिन भएको रहेछ । तर पखाला लागेर जीवनजल खुवाउन भनेर कसैले भनेको रहेनछ र उनलाई पनि थाहा रहेनछ । उनको श्रीमान पनि त्यहिबेलामा घर नभएको हुनाले अन्तिम अवस्थामा पुग्दा बल्ल श्रीमानले देखेर अस्पातल लिएर आएका रहेछन । तर बच्चाको प्राणवायुले अस्पतालमा आउनुपुर्ब नै साथ् छोडिसकेको थियो । उदेक लाग्दो कुरो त के भने बच्चालाई झाडा पखाला लाग्दा जीवनजल खुवाउनुपर्छ भन्ने ज्ञान सबै जनामा भैसकेको हुनुपर्ने हो । यदि नभएको भए आजसम्म जनस्वास्थ्य अन्तर्गतका कार्यक्रमले गरेको काममा प्रश्नचिन्ह उठ्छ । बच्चा बिरामी हुँदा आँफैले अस्पताल ल्याउन नसकेको देखेर अझै पनि महिलाहरु स्वनिर्णय गर्ने अधिकार प्राप्त नगरेको देखाउँछ । चेतनाको स्तरले फड्को नमारेको मान्नुपर्छ ।
कुनै दबाइ खुवाएको वा नखुवाएको भनेर सोध्दा नजिकै कतै मेडिकलबाट लिएको दबाइ एउटा कालो प्लास्टिकको झोलाबाट बिर्कोमा च्याप्च्याप लागेका झोल दबाइका सिशी झिकेर बच्चाको बाउले देखाए । त्यसमा गाउघरतिर प्रचलित पखाला रोक्ने औषधी भनेर चिनिने "मेट्रोन " थियो । अरु केही गौण मानिने दबाइ थिए । तर पुनर्जलिय झोल बनाउने पातो भने थिएन । अब पुन: सोध्दा उनलाई पुनर्जलिय झोलको बारेमा भनिएन भन्ने कुरो आयो । अब वास्तवमै जीवनजल नदिएको भए त्यो औषधी दिनेको कमजोरी थियो । कहिलेकसो जीवनजलका बारेमा भनिएको भए पनि पखाला रोक्ने भनेर कहलिएको दबाइलाई प्राथमिकता दिएर जीवनजललाई गौण मानेर अभिभावकले गल्ति गर्ने गर्छन् ।
मलाई सबैभन्दा अचम्म लागेको कुरो के भने जनमानसमा पखाला रोक्ने दबाइ भनेर " मेट्रोन" कसरी ब्यापक भएछ भन्ने हो । सायद औषधि बेच्दा कुनै चिकित्सकको सल्लाहा बिना प्रयोग गरेको लामो ईतिहासले गर्दा हो कि भन्ने लाग्छ । तर भौगोलिक कठिनाइ, यात्राको जोखिम , कार्यब्यस्तताआदिले गर्दा छिटो डाक्टरको सल्लाह लिन असहज भएको हुन सक्छ । सजिलोको लागि औषधि पसलबाट किराना पसल जस्तै दबाइ किन्ने पारीपाटी बसेको हुनुपर्छ । अनि औषधिको सामान्य ज्ञानको भरमा मेडिकलबाट औषधि चाउचाउ बेचेजस्तै बेचिएको हो कि ! अनुगमन गर्ने निकाय त एक दशकमा एक पटक जागेछ भने धन्य हो । कुनै ठूलै घटना वा दुर्घटना नघटेसम्म कानमा तेल भरिएको हुन्छ , तन्द्रामा हुन्छ ।
औषधि बेच्ने अधिकार फार्मेशी पढेको व्यक्तिलाई हुन्छ । चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने तरिका आदिको बारेमा फार्मेसीमा बस्ने कर्मचारीले भन्ने दायित्व हुन्छ । अल्पज्ञानका भरमा औषधि बितरण गर्नु घातक हो । बिरामीले पनि औषधि लिँदा किराना पसलमा चाउचाउ साबुन किनेजस्तो किन्नु हुँदैन भन्ने कुरो बुझ्नु पर्ने हुन्छ । अनुगमन गर्ने निकाय आगोलाग्दा मात्रै दमकल गएजस्तो जाने भन्ने हुनुहुँदैन । सकृया रुपमा बराबर लागिरहनुपर्छ । औषधि बेच्ने पसलहरुको कडा निगरानी गर्नुपर्छ । त्यसमा कार्यरत कर्मचारीको ज्ञान सिप क्षमताको समय समयमा जाँच गरिनुपर्छ । औषधि पसल खोल्ने लाइसेन्स बेचेर अरु ब्यक्तीबाट पसल चलाउने परिपाटी बन्द हुनुपर्छ । नभए पखाला रोक्ने दबाइ भनेर " मेट्रोन " भनेर चिनिने क्रम रोकिँदैन । यो त केवल सानो उदाहरण मात्र हो । कमसल दबाइको रजाइ हुनुमा आर्थिक प्रलोभन रहेको हुन्छ । जसको जति बोनस र कमिसन हुन्छ त्यति नै बढी लेखिने र बिक्रि हुने हुन्छ । सबै कुरामा डाक्टरको मात्रै दोष देख्ने हाम्रो समाजले यो पक्ष कहिले बुझ्ने होला ? जती ढिला भयो त्यती भ्रमित मनोविज्ञानले जनमानसमा डेरा जमाउनेछ । समयमा नै बिचार पुर्याउनु जरुरि देखिन्छ । त्यसो नगरिएमा " के मेरो बच्चा बाँच्दैन ? " भन्ने जस्ता प्रस्नहरु सुनिरहनुपर्ने हुन्छ ।

Comments
Post a Comment