Mental health unaddressed.
के पोस्ट्मोर्टम गरेर मात्र होला त ?
" डाक्साप ! एउटा लाश आएको छ । झुन्डिएको हो । शंका त अहिलेसम्म केही छैन । " फोनमा आवाज आउँछ । प्रहरीको यस्तो आवाज र शब्दले धेरै दिनको सुरुवात गराएका छन । एक दिन १२ बर्षको बालकको पोस्ट्मोर्टम गर्नुपर्यो । जिज्ञासा लागेर बुझ्दा कुरो के रहेछ भने आमासंग पैसा माग्दा आमाले हप्काएपछि बेल्टको पासो लगाएर कोठामा झुन्डिएको सुनेपछि चस्स भयो । अब त उमेरको पावन्दी र कारणको बिबिधता पनि फराकिलो हुन लागेको आभास भयो ।
सर्जनले अपरेसन गरेका लगभग सबै बिरामी त अपरेसन पछि उठ्ने गर्छन् । एकाध घटना मात्र दुर्भाग्यपूर्ण होलान् । रोग सन्चो भएको नभएको भन्नलाई ब्यक्तिका श्वास र मुटुले अझै साथ दिएकै हुन्छन । नतिजा पनि थाहा हुन्छ । तर मान्छे मरेपछि गरिने अपरेसन(पोस्त्मोर्टम ) मा भने आ-आफ्नो संस्कार अनुसार माटोमा समाहित हुन्छन् कि त अग्निमा बिलय हुन्छन् । भन्नलाई त काल नआइ मरिन्न भने पनि आफूसँग भने अकाल मृत्यु मानिएका घटना वैज्ञानिक प्रमाणले अझै चिरफार गर्ने हेतुले पुलिसले ल्याइपुर्याउँ छन् । सायद मरेपछी अपरेसन गरिएका अधिकांशहरु स्वास फेर्दा र मुटुको गति हुँदासम्म कुनै रुपले बिरामी थिए कि भन्ने लाग्छ । बिशेष गरी आत्महत्याको केसहरुमा कुनै प्रकारको मनको वा सामाजिक बिसन्चो थियो कि भन्ने लाग्छ ।
पोस्ट्मोर्टम गर्न भनेर ल्याइने अधिकांश केस झुन्डिएर मरेको पाएको छु । मैले गरेको पोस्ट्मोर्टम ८ बर्षको उमेरदेखि ८५ बर्षको उमेरसम्मका ब्यक्तिहरु झुन्डी आत्महत्या गरेका छन् । त्यसमध्यमा १८ बर्ष वरिपरिका महिलाहरुको सँख्या बढी रहेको छ । हुन त आत्महत्या हो कि कर्तब्य हो भन्ने कुरो त पछि अदालतले निर्णय गर्ने कुरो हो । तथापि थाहा पाएसम्म अधिकांश आत्महत्या नै रहेको पाएको छु ।
एक दिन पोस्ट्मोर्टम गर्दा झुन्डिएर मरेको भनिएको ८२ बर्षको बृद्धको गर्नुपर्यो । अनि म धेरै बेर घोत्लिएँ । किनकी प्रश्नवाचक विचारका ज्वारभाटा एकाएक मस्तिस्कमा ठेलम्ठेल ओइरो लागे । पोस्ट्मोर्टम किन गरिँदै छ त ? यस पछि के हुन्छ ? पोस्त्मोर्टम गरेर मात्रै होला त ? अकाल मृत्युका केसहरुमा जिल्ला प्रहरी कार्यालयले पोस्ट्मोर्टम गरिदिनु भनी जिल्ला अस्पातल वा सम्बन्धित निकायलाई चिठी काटेको हुन्छ । जिल्ला प्रहरी कार्यालयले चिठी पठाए बमोजिम पोस्ट्मोर्टम गरी पठाउने दायित्व भनेको सरकारी अस्पातलमा वा स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टरको हो । मानौ कुनै ब्यक्ति झुन्डिएर मरेको फेला परेमा प्रहरीलाई खबर हुन्छ । प्रहरी घटनास्थलमा पुग्छ । मुचुल्का उठाउछ । शंका उपशंका , बयान ,घटना विवरण आदिका आधारमा आत्महत्या वा कर्तब्य भनी निर्क्यौल गर्छ । अनि पोस्ट्मोर्टम गर्न ल्याउँछ ।
डाक्टरले चिठी बुझी पोस्ट्मोर्टम गर्छ । अनि रिपोर्ट पठाउँछ । कसैको उजुरी नभएमा वा घरपरिवारको कुनै शंका नरहेमा पोस्ट्मोर्टम गरेपछि लाश आफन्तले बुझ्छन् र यथोचित काजकृया गर्छन् । अनी कार्य समाप्त हुन्छ । साथसाथै आत्महत्या गर्नुको कारण जड शरीरले नबोल्ने हुनाले समाजमा बिद्यमान हुनसक्ने गुप्त समस्या आँफैसाथ लुप्त हुन्छ । र घटनाको लहरो एउटै प्रकृतिमा दोहोरिरहन्छन् हरेक बर्ष । अनि वार्षिक समिक्षामा तथ्यांक सबै माझ राखेर समस्याको गाम्भिर्य हरेक साल ताजा त हुन्छ । तर क्षयरोग , न्यूमोनिया आदि जस्ता रोगहरुले ओझेलमा पर्छ । अनि फेरी अर्को बर्ष पनि उस्तै हुन्छ । सरोकारवाला कुनै निकायको जिज्ञासु दृष्टि पर्दैन । सायद आत्महत्याको दोषी त स्वयम् व्यक्ति हो भन्ने सुशुप्त मनसिकताले हो कि जस्तो लाग्छ । आत्महत्या भनी निर्क्यौल भएका पोस्ट्मोर्टमका फाइलहरु अदालतमा कुनै मुद्दा नचलेसम्म कतै कुनामा दराजमा आराम गरिरहेका हुन्छन । घटना घट्ने देखि रिपोर्ट बनेर दराजमा पुग्ने सम्मका औपचारिक कार्य सधैंजसो हुने गरेकै हो । यो सधैं जानिएको र देखिएको नियमित कार्य नै हो । नदेखिएको त कसैको सरोकार र यी घटनाको लहरो पछ्याउँदै जाँदा पत्ता लाग्न सक्ने बिसन्चो र त्यसको उपचार हो ।
कुरो के भने आत्महत्या मानिएका कति घटनाहरु सायद जोगाउन सकिने खालका थिए कि भन्ने गम्भीर प्रश्न हो । पोस्त्मोर्टमको औपचारिकता मात्रै पूरा गरेर कतै भयाबह समस्याको उपचार छुटेको त छैन ? कतै रोगको समयमा पहिचान गर्न घरपरिबार समाज र चिकित्सक असफल भएका त होइनौँ ?पुलिसको रिपोर्ट अनुसार गरिबी ,प्रेममा धोका ,असाध्य रोग ,घरेलु झगडा ,अभिभाबकको हप्काइ मुख्य कारण रहेको बताएको छ । जुन कुरो सत्य पनि देखिन्छ । सन् २०१५ को प्रतिवेदन अनुसार नेपालमा दैनिक १२ जना आत्महत्या गरी मरेको उल्लेख छ । मुख्य माध्यम भनेको पासोमा झुन्डिएर मरेको देखिन्छ । नेपालमा सरदर बर्षको ४००० ले आत्महत्या गर्ने तथ्यांक छ । जुन तथ्यांक दुर्घटना र एड्सले हुने मृत्युको संख्या भन्दा बढी रहेको पाइन्छ । आत्महत्या १५ -४९ बर्षको उमेरका महिलाहरुमा मृत्युको प्रमुख कारण रहेको पनि राष्ट्रिय तथ्यांकले बताउँछ । करिब ३० प्रतिसत नेपालीहरुमा मनसिक समस्या रहेको पाइन्छ । ९० प्रतिसतलाई उपचारको पहुँच नरहेको देखिन्छ । एक लाख जनसंख्यालाई ०.२२ जना मनोरोग बिशेषज्ञ र ०.०६ जना मनोरोग परामर्शकर्ता उपलब्ध रहेको पाइन्छ । स्वास्थ्यकर्मीलाई हुने तालिममा मानसिक स्वास्थ्य सम्बन्धी तालिम २ % मात्र हुने गरेको छ । सरकारले स्वास्थ्यको कूल बजेटको १ प्रतिसत पनि मानसिक स्वास्थ्यको क्षत्रमा खर्च गरेको छैन । एक जना बयस्क पुरुषको आत्महत्याको रिपोर्ट हुँदा २० जनाले जतिले कतै न कतै आत्महत्याको प्रयास गर्ने अनुमान छ । गएको भुकम्प पछि लगत्तै गरिएको तीन महिनाको अध्ययनमा ४१ प्रतिसतले आत्महत्याको बृद्धि भएको देखिएको छ ।
प्रतिवेदन त एउटा ऐना हो जहाँ समस्याको गम्भीरता देखिन्छ । तर समस्या सतही मात्र देखिएको हुन सक्छ । समस्याको समाधानलाई प्रतिवेदनले बाटो बनाउँछ । सरोकारवाला निकायलाई झक्झक्याउँछ । सन् २०१० देखि सेप्टेबेर १० लाई विश्व आत्महत्या न्यूनीकरण दिवसको रुपमा मनाउन थालिएको छ । पहिले भन्दा चेतना बढेको भनिए पनि मैले कार्यस्थलमा अनुभव गर्न सकेको छैन । सायद दिवस मनाउँदैमा नहुने हो कि ! किनकी आत्महत्या गरेकाको पोस्ट्मोर्टम अझै कम भएजस्तो लाग्दैन । सायद धेरै साथीहरुको पनि अनुभव यस्तै नै होला ।
आत्महत्यासँग मानसिक स्वास्थ्यको अवस्था पनि नजिकबाट जोडिएको हुन्छ । करिब ७० प्रतिसतले डिप्रेसनका लागि उपचार नै खोज्दैनन् । डिप्रेसनका ८० प्रतिसत बिरामीमा सही उपचारले उल्लेखनीय सुधार आउँछ । त्यसैले डिप्रेसनका लक्षण बारेमा जनचेतना बढाउनु आवस्यक छ । यो एउटा महामारी जस्तै फैलिँदो क्रममा छ । आत्महत्या गर्न सक्ने सम्भावना भएका ब्यक्तिहरुलाई समयमै पहिचान गर्नुपर्ने देखिन्छ । आत्महत्या गरेको करिब २० देखि ५० प्रतिसतले कुनै समयमा आत्महत्याको प्रयास गरेको तथ्यांकले देखाउँछ । कसैले आत्महत्या गर्ने खालको कुनै पनि मनसाय व्यक्त गरेमा गम्भीरताले लिनुपर्ने हुन्छ । मानसिक स्वास्थ्यको स्क्रीनिङ पनि चाहिने टड्कारो देखिन्छ । जुन कुरा हामी अधिकांश प्राथमिक उपचार गर्ने स्वास्थ्यकर्मीले ध्यान नदिएको पाइन्छ ।
मानसिक पीडा र गाथासो अरुलाई भन्न धेरैलाई असहज हुन सक्छ। त्यसैले जाँच गर्दा सहज बातावरण सिर्जना नगरी कुराहरु स्वतस्फूर्त बाहिर पोखिँदैन । मानसिक रोगको औषधी सेवन गरिरहेको ब्यक्तिलाई हेर्ने नजर पनि सकारात्मक हुन नसक्नु पनि एउटा पक्ष हो । बिरामीको चाप बढी हुने र सबैलाई हतार भए पनि आ-आफ्नो स्थानबाट प्रथमिकता दिएर हामी स्वास्थ्यकर्मीले सक्दो प्रयास गरे समस्या केही न्युनीकरण हुने थियो भन्ने लाग्छ । यसको महत्व बुझेर मानसिक स्वास्थ्यको कार्यक्रमले पनि अरु मोटो बजेटको कार्यक्रमको जस्तै ग्राह्यता पाओस् । पोस्ट्मोर्टम गराएर र गरेर मात्र प्रशासन , प्रहरी ,स्वास्थ्यकर्मी ,चिकित्सक र समाजका बुद्धिजिवी पन्छिन मिल्दैन । सामाजिक रोग घुमिफिरी आफ्नै घर आँगनमा एक दिन आइपुग्न सक्छ । आउनुपूर्व समस्याको गहिरो बिस्तृत पोस्ट्मोर्टम गर्नुपर्ने खाँचो छ ।
डा शम्भु खनाल
- [ ]

Comments
Post a Comment