Alien experience
भरतपुर अस्पातलको अपरेसन कक्षको अनुभब । ।
" डाक्टर ! तपाईंले गरेको drape मिलेन । किचकिच गर्यो भन्नुन्छ कि भनेर भनिन । " एक जना अपरेसन कक्षमा काम गर्ने नर्सले भनिन् । बिल्कुल सबै देखेको कुरा तर नयाँ व्यक्ति र परिवेशमा पाइला टेक्दा कसैले परिचयका शब्दहरु ले स्वागत गर्दा सहज बातावरणको अनुभूति हुन्थ्यो होला । तर नयाँ पारीबेशमा आफै शब्द निकालेर सहज गर्न खोज्दा झिजो लाग्ने र बढी बोलेको हो कि भन्ने पाराको मनोविज्ञान पूरा अपरेसन कोठाका कुनाकुनामा रहेको महसुस हुन कत्ति पनि बेर लाग्दैन । सपैको आवाजमा डेसिबल् बढेको हुन्छ । सबैका गफ पेलिँदै हावामा फैलिने प्रयास गरिरहेका हुन्छन् । बेहोस गराउने युनिट त अरु बेला नगएको ध्यान मनिटरमा केन्द्रित गरेर गजक्क नै परेको हुन्छ । नुर्सिङ्ग स्टाफ कैची आदि सामानको तयारीमा लागेको हुन्छ । लाग्छ कि सबै यस संसारका लीला जति आफै रचिरहेका छन् र आफ्नो उपस्थिती बेजोड्का साथ् देखाएर तिमीहरु "अलिएन " हौ भन्ने संकेत गर्न खोजेजस्तो प्रतित हुन्छ । हुन पनि नयाँ सिक्न गएका व्यक्तिहरु नभएपनी संसार चलेको थियो । suction monitor warmer light आदि केहि बिरामी भएका थिएनन् । हुनु र नहुनुले कुनै मान्यता नराख्ने हुनाले बातावरण भने आगन्तुक जतिलाई झारका बिचमा मकै भन्ने कि मकैहरुका बिच्मा झार भन्ने कुरा भने निर्क्यौल गर्न गार्हो नै पर्छ । यो सब समय संगै परिवर्तन हुने कुरा हो र भिज्ने प्रयासको सन्क्रमनकालको समय हो भन्ने लाग्छ । त्यसैले आपत्ति जनाउनुपर्ने पनि म देख्दिन ।
मानिस कि पढेर जान्दछ कि परेर जान्दछ । सिक्ने र सिकाउने प्रक्रिया निरन्तर अभ्यास हो । सानोमा कपुरी 'क' को बुट्टा बाटरेर सिङार्न पनि एकै पटकमा कसैले पनि पक्कै सिकेको थिएन होला । यदि कसैले सिकेको भए गर्भमा सरस्वतीले आशिर्बाद दिइसक्नुभएछ कि भन्ने मान्नुपर्ला । जुन कुरा अस्वभाबिक र काल्पनिक हो । हेरेर सिक्नुपर्ने कुरा धेरै हुन्छन । सबै ब्यक्तिका आ आफ्ना कथा हुन्छन । कथा नभएको कोही पनि हुँदैन । किनकी हरेक जीवन र भोगाइ कथा हुन्छन् । खाँचो त केबल शब्दमा उतार्न कला चाहिने हो । कुनै कुरामा अभ्यस्त भएपछी त्यो स्वाभाबिक लाग्न थाल्छ र गराइमा निखारता आउँछ । सुरु अवस्थामा केही एकाध ब्यक्तिहरु बाहेक सबैले बामे सरे पछि नै उठेर हिंड्न थालेका हुन । तर त्यो बामे सरेको अवस्था भने सपले बिर्सिन्छन् ।
सन्दर्भ भरतपुर अस्पातलको अपरेसन कोठा हो जहाँ केही समयको लागि भनेर गर्भवतीको अपरेसन गरेर बच्चा निकल्ने सिपको निमित्त खटिएका ६ जना डाक्टरहरु छन् । अपरेसन कोठा पहिले नदेखेको कोही पनि छैन । तर नयाँ ठाउमा पारिचयको कमीले गर्दा असजिलो महसुस हुन्छ । कुनै पनि नयाँ ठाउको बातावरणसँग अभ्यस्त हुन समय लाग्छ । सधैं एकै ठाउमा बसेका स्टाफहरुलाई पो सबै कुरो सामन्य लाग्छ । गाउँबाट भर्खर शहरमा आएको ब्यक्ती सजिलो गरी छुटिन्छ र उस्लाई देखेर कुनै अजिवको देश्बाट आएको अलिएन जस्तो सोच्नु हार्दिकता मानिँदैन । । त्यो गाउँको बाबुराको आफ्नै ईतिहास कथा ब्यथा हुन सक्छन् । हार्दिकता विहीन बातावरण जहाँ सबै नयाँ प्रबेश गर्नेलाई बोझ्को रुप्मा लिइन्छ भने त्यहाँ मसिनहरु काम गरिराखेको हुन्छ । मेसिन्हरु दौडेको अनुभुती हुन्छ । दिनहु एउटै काम गर्दा जो कोहीलाई पनि पट्यार लाग्छ नै । तर रुचि हराउँदा सम्म त्यहि काम गर्नु बाध्यता मात्र नै हो भने मेसिन जस्तै भएर काम गरेको अनुभुती हुनु अस्वाभाबिक होइन । एक दिनमा २० वटा सम्म अपरेसन हुनु भनेको सन्ख्याको हिसाबले त बढी नै हो जस्तो लाग्छ । त्यहि भएर अभ्यस्त मेसिनको जस्तो हात चलिरहन्छ र कुशलताका साथ काम हुन्छ । त्यहि एकाकिपन र कामको एक रुपताका कारणले दौडिरहेकाहरुमा नयाँ व्यक्तिहरुको प्रबेश त पाहुना जस्तो लाग्दैन । सधैभरि चलिरहेको काममा सहज् हुने भन्दा पनि सिक्न आएका हरुबाट ढिला हुने मनोविज्ञानले नवआगन्तुक कसैलाई पनि मुस्कानको साथ स्वागत हुँदैन ।
डाक्टर ! तपाईंले गरेको drape मिलेन । किचकिच गर्यो भन्नुन्छ कि भनेर भनिन । " एक जना अपरेसन कक्षमा काम गर्ने नर्सले भनिन । drape गरेको नमिलेको भए एकपटक मजाले भने र सिकाएको खण्डमा अर्को पटक त मिल्छ नै । त्यसमा निधार खुम्च्याउनुपर्ने कुरो नहुनुपर्ने हो । म नर्सिङ स्टाफको भूमिका ब्यबस्थापनको मामलामा निकै कुशल रहेको अनुभव गर्दछु । नर्स बिना के नमिलेको नमिलेको जस्तो हुन्छ न त सामान नै सहि ठाउमा आवस्यकता अनुसार भेटिन्छ । त्यसैले म नर्सिङको राम्रो आदर गर्दछु । तर उनीहरुबाट भने त्यस्तो नपाइएको अनुभव हुन्छ । आफूले बामे सरेर मात्र हिँड्न सक्ने भएको हो भन्ने कुरा अवचेतन मस्तिस्कबाट उत्खनन गरेर मनन गर्न सके सिकाउने प्रक्रिया शालिन हुन्थ्यो कि जस्तो लाग्छ । अभिमान भरिएर बेवास्ता गरेको हो भने त आखिर त्यहि मेसिन दौडेको न हो । जसलाई चिरेर सन्चो पार्न खोजिएका बिरामीहरुलाई चिर्न समान दिने मद्घत गर्ने र आवतजावत गराउने कार्यमा नै सिमित हुन्छ । व्यस्तताले सौहार्दता प्रकट नभएको अवस्था रहेछ भने त त्यो व्यस्ततामा पनि जीवन्तता भर्न नसकिने होइन । सधैं त्यही कैची साधन मेसिन कपडा आदिमा जीवन ब्यतित मात्रै नगरेर धेरैलाई बोलीबचन र ब्यबहारले आदर प्राप्त गरेर सार्थाकता खोज्न सके उत्तम हुन्थ्यो होला हगि । त्यो मेसिन बनेको शरीरमा आत्मा पनि भरियोस भन्ने प्रार्थना गर्दछु । । हाहा ।

Comments
Post a Comment