Posts

Showing posts from April, 2017

अभिमान र स्वाभिमानको पातलो घेरा

कटुताको अनुभब २०७३ असार ३० गते को बेलुका ८ बजेतिरको घटनाले सायद सिंगो राष्ट्रको झझल्को दिन खोजेको हो कि भन्ने अनुभुती हुन्छ ।  ब्यक्तिको सक्तिले प्रदान गर्ने घमन्ड  र अहंकार सबै सामु प्रस्ट देखिन सक्थ्यो ।  ड्युटी को दिन नभएर म आफ्नै धुनमा बसिरहेको थिए र अरु साथीहरुसँग बसेर खाँदै थिए ।  एउटा अपरिचित नम्बरबाट  फोनको घन्टी बज्यो ।  " डाक्टर  हैन तपाईं ? कहाँ हुनुहुन्छ?" शब्द र लवज  सुन्दा  ठाडो र अभिमानले  भरिएको जस्तो प्रतित हुन्थ्यो ।  मेरो अनुमान पनि ठिकै रहेछ। कुनै बेला मन्त्रिको पि. ए. भएर काम गरेको हुनाले उसमा दम्भ चड्नु  स्वाभाबिक थियो ।  " तपाईंले मलाई  सिधै फोन गर्नु मिल्दैन ।  यो नम्बर कस्ले दियो तपाईंलाई  ?ईमर्जेन्सी को स्टाफले फोन गर्नु पर्छ। मेरो ड्युटी  पनि होइन ।  "  कृयाको प्रतिक्रिय हुन्छ भनेजस्तै उसको ठाडो भाषाको जवाफ कटुताका साथ दिनु पनि स्थिती सापेक्छ्य देखिन्थ्यो ।  उसले आफ्नो परीचय दियो ।  मैले चिन्न सक्ने कुरै भएन ।  आफुलाई ठुलो मान्छे ठानेको लाई एउटा अस्पातलको डक्टरले  चिन्न नसक्नु  उस्को अहममा  ठेस पुग्यो होला। त्यस्पछि  धम्किका शब्दहरु प्रय
भिडमा एक्लो बूढाबाजे  ..."बा तपाईंको मुटुले गर्नुपर्नेजती काम गर्न सकेको छैन ।  मुटु सुन्नेको छ ।  भर्ना भएर बस्नु राम्रो हुन्छ ।  तपाईंसँग को  आउनुभाको छ त ? ".    आज  पुन : तिनै बाजे भेटिए जसले मलाई लामो सुस्केरा हाल्दै  भनेका थिए , " छोराहरु बुहारी ले लगे ।  छोरीहरु ज्वाँईले लगे  ।  बुढीलाई भगवानले लगे। म बुढोलाई   कुर्न को आउला र बाबु ? ".  म अवाक् भएको थिएँ  र फेरि पनि त्यस्तै हुन पुग्यो। ।  तिनै बाजे बेलाबखतमा जसोतसो  लौरोको आडले अस्पातलसम्म अाइपुग्थे ।  स्या स्या गर्दै भर्खरै प्राण जान्छ कि जस्तो अवस्थामा हुन्थे ।  उनलाई  बेलाबखतमा  उनको मुटुले  खिसिट्युरी गरिरहन्छ ।  उनलाई भर्ना  गर्नुपर्ने हुन्छ ।  तर हेरचाह  गर्नलाई कोही हुँदैनन  उनको साथमा ।  उनीसँग  एउटा नोकियाको पूरानो मोडेलको मोबाइल हुन्छ ।  र साथमा एउटा लौरो । छोराबुहारी छोरिज्वाइँलाई  फोन लगाउने प्रयास गर्छन् ।  फोन उठ्छ ।  वार्तालाप पनि हुन्छ  ।  तर सबै ब्यस्त हुँदा हुन् ।  फोनबाटै हेरचाह   गर्ने बचन दिँदा हुन् !  आखिर जिन्दगीको कमाइ के हो त ? धन सम्पत्तिले भरिभराउ  हुनु हो कि मानसम्मानले प